८ फाल्गुन २०८२, शुक्रबार | February 20, 2026

अवदेखि जहाजको यात्रामा टिकटको प्रिन्टेड कपि वा डिजिटल कपि देखाउनु पर्ने, पीएनआर कोड देखाएर नहुने



काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले आन्तरिक उडानबाट यात्रा गर्न आउने यात्रुलाई पूर्ण विवरणसहितको टिकटको प्रिन्टेड कपि वा डिजिटल कपि देखाउन अनिवार्य गरेको छ ।

विमानस्थलले आज एक सूचना जारी गरि यो व्यवस्था फागुन ७ गतेबाट लागू हुने जनाएको छ ।

विमानस्थल सञ्चालन विभागका निर्देशक टेक नाथ सिटौलाले सुरक्षा संवेदनशिलताका कारण यस्तो व्यवस्था गरिएको जनाए ।

‘त्रिभुवन विमानस्थलको आन्तरिक उडानबाट यात्रा गर्न आउने कतिपय यात्रु महानुभावहरुले टिकटको पीएनआर कोड मात्र देखाउने गरेको र उक्त कोडमा यात्रुको पहिचान नखुल्ने भएकोले सुरक्षा संवेदनशिलतालाई मध्येनजर राखि फागुन ७ गतेदेखि लागू हुने गरी काठमाडौंबाट अन्यन्त्र यात्रा गर्नु पर्दा विमानस्थल प्रवेश गर्नु पूर्व अनिवार्य रुपमा पूर्ण विवरण सहितको टिकटको प्रिन्टेड कपि वा डिजिटल कपि देखाउन हुन साथै टिकटमा उल्लेख भएको रिपोर्टिङ्ग समयमा अनिवार्य रुपमा विमानस्थल प्रवेश गरिसक्न अनुरोध गरिएको छ ।’ सूचनामा जनाइएको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७८, मंगलबार  ९ : ०३ बजे

निर्वाचन प्रक्रियालाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय बनाउन सबैको सहयोग आवश्यक : कावा आयुक्त भण्डारी

मोरङ । निर्वाचन आयोगका कार्यवाहक आयुक्त रामप्रसद भण्डारीले आसन्न प्रतिनिधिसभा

दाङ पुगेर रविले भने- मलाई जेल पुर्‍याउने बाका प्रिय पात्र यहीँ छन्

दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूलाई

वीरेन्द्रको शालिकमाथि रास्वपा कार्यकर्ताको अभद्र व्यवहार, राप्रपाद्वारा अभद्र व्यवहारको भर्त्सना

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लुम्बिनी प्रदेशले राष्ट्रिय स्वतन्त्र

विमानस्थलबाट ११ किलोभन्दा बढी अवैध लागूऔषध गाँजासहित तीन भारतीय पक्राउ

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट आज करिब

नेकपा एमाले रुपन्देही-२ को प्रतिबद्धतापत्र सार्वजनिक (पूर्णपाठसहित)

बुटवल । प्रतिनिधिसभा निर्वाचन-२०८२ नजिकिँदै गर्दा नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले