१६ बैशाख २०८१, आइतबार | April 28, 2024

अवदेखि जहाजको यात्रामा टिकटको प्रिन्टेड कपि वा डिजिटल कपि देखाउनु पर्ने, पीएनआर कोड देखाएर नहुने



काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले आन्तरिक उडानबाट यात्रा गर्न आउने यात्रुलाई पूर्ण विवरणसहितको टिकटको प्रिन्टेड कपि वा डिजिटल कपि देखाउन अनिवार्य गरेको छ ।

विमानस्थलले आज एक सूचना जारी गरि यो व्यवस्था फागुन ७ गतेबाट लागू हुने जनाएको छ ।

विमानस्थल सञ्चालन विभागका निर्देशक टेक नाथ सिटौलाले सुरक्षा संवेदनशिलताका कारण यस्तो व्यवस्था गरिएको जनाए ।

‘त्रिभुवन विमानस्थलको आन्तरिक उडानबाट यात्रा गर्न आउने कतिपय यात्रु महानुभावहरुले टिकटको पीएनआर कोड मात्र देखाउने गरेको र उक्त कोडमा यात्रुको पहिचान नखुल्ने भएकोले सुरक्षा संवेदनशिलतालाई मध्येनजर राखि फागुन ७ गतेदेखि लागू हुने गरी काठमाडौंबाट अन्यन्त्र यात्रा गर्नु पर्दा विमानस्थल प्रवेश गर्नु पूर्व अनिवार्य रुपमा पूर्ण विवरण सहितको टिकटको प्रिन्टेड कपि वा डिजिटल कपि देखाउन हुन साथै टिकटमा उल्लेख भएको रिपोर्टिङ्ग समयमा अनिवार्य रुपमा विमानस्थल प्रवेश गरिसक्न अनुरोध गरिएको छ ।’ सूचनामा जनाइएको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७८, मंगलबार  ९ : ०३ बजे

नेपाल वेस्ट इन्डिज ए सँग १० रनले पराजित

काठमाडौं। वेस्ट इन्डिज ए ले नेपाललाई पराजित गरेको छ ।

इलाम-२ मा कांग्रेसका खड्काको अग्रता कायमै, सुहाङले घटाए दुरी

इलाम । इलाम (२ को मत गणनाको पहिलो अपडेट आएको

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा

काठमाडौं । राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको लगानी सम्मेलनलाई

सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने ग्लोबल आइएमई बैंक सम्मानित

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड आर्थिक वर्ष २०७९/८० मा