१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

काठमाडौं उपत्यकामै छैन मोबाइल फोनको गुणस्तर



काठमाडौं । काठमाडौं उपत्यकाभित्र नै मोबाइल फोन सेवा गुणस्तरीय नभएको पाइएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको मोबाइल फोनको गुणस्तर परीक्षण प्रतिवेदनअनुसार मोबाइल सेवा गुणस्तरीय नभएको पाइएको हो ।प्राधिकरणले नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकम गरी तीन सेवा प्रदायक कम्पनीको मोबाइल सेवाको गुणस्तर परीक्षण गरेको थियो ।

तीन कम्पनीका नेटवर्कभित्र गत पुस १६ गतेदेखि २७ गतेसम्म ११ दिन कलमा लाग्ने समय र कल स्थापित हुन लाग्ने दर परीक्षण गरेको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए । उनका अनुसार मोबाइल सेवाको गणुस्तर परीक्षण अध्ययनमा कल गर्दा लाग्ने समय र कल स्थापना हुने सफलताको दरमा सबैभन्दा अगाडि एनसेल देखिएको छ ।

उक्त (ड्राइभ टेस्ट) प्रतिवेदनअनुसार एनसेलको कल स्थापना हुन लाग्ने समय ६.४४ सेकेन्ड रहेको छ । प्राधिकरणले तोकेको कल स्थापना हुन लाग्ने समय पाँच सेकेन्ड वा त्योभन्दा कम हुनुपर्छ । अन्य दुई कम्पनीको तुलनामा एनसेल अगाडि भए तापनि प्राधिकरणले तोकेको न्यूनतम मापदण्डमा कुनै पनि कम्पनी परेका छैनन् ।

यस्तै कल स्थापना हुने कल सफलताको दर एनसेलको ९६ दशमलव १५ प्रतिशत छ । प्राधिकरणले तोकेको कल स्थापना हुने सफलताको दर ९९ प्रतिशत वा सोभन्दा धेरै हुनुपर्छ । नेपाल टेलिकमको कल स्थापना हुन लाग्ने समय ९.५९ सेकेन्ड देखिएको छ भने कल स्थापना हुने सफलताको दर ७७ दशमलव ४२ प्रतिशत रहेको छ ।

प्रयोगकर्ता कम रहेको स्मार्ट टेलिकमको कल स्थापना हुने समय १२.१७ सेकेन्ड रहेको छ भने कल स्थापना हुने सफलताको दर ८२दशमलव ७६ प्रतिशत रहेको छ । कल ब्लक दर दुई प्रतिशतभन्दा कम हुनुपर्नेमा तीनवटै सेवा प्रदायकको यस्तो दर बढी नै देखिएको छ । औसतमा एनसेलको आठ प्रतिशत, नेपाल टेलिकमको ११ प्रतिशत र स्मार्ट टेलिकमको २८ प्रतिशत देखिएको छ ।

कल सम्पर्क विच्छेद हुने दर (कल ड्रप) दुई प्रतिशतभन्दा कम हुनुपर्नेमा एनसेलले भने मापदण्ड पालना गरेको पाइएको छ । कल ड्रप दर औसतमा एक दशमलव १८ प्रतिशत हुनुपर्नेमा एनसेलको एक दशमलव १८ प्रतिशत नै रहेको छ । नेपाल टेलिकमको चार दशमलव ३८ प्रतिशत र स्मार्टको दश प्रतिशत रहेको छ ।

प्राधिकरणले परीक्षण गर्दा चलायमान सवारीसाधनमा जडान गरिएको परीक्षण उपकरणबाट लगातार फोनकल वा डेटा प्रयोग गरी मोबाइल नेटवर्कको मुख्य सेवा मानकको तथ्याङ्क सङ्कलन गरेको जनाएको छ । कुनै एक स्थानमा उपलब्ध सबै सेवा प्रदायकको गुणस्तर मापन समानान्तररुपमा एकैसाथ गरिएको बताइएको छ । हरेक सेवा प्रदायकको कुनै एक स्थानमा उपलब्ध नेटवर्क (फोरजी/थ्रीजी/टूजी)मध्ये सर्वाधिक अनुकूल नेटवर्क स्वचालितरुपमा छनोट गरी उपकरणमा व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ । -रासस

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहिबार  ४ : ०६ बजे

देशभर ४३ विपद्का घटना, १३ जना घाइते

काठमाडौं । देशभर पछिल्लो केही दिनमा भएका ४३ वटा विपद्का

भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन

नयाँ दिल्ली । भारतका विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको

धान नफलेपछि माडीका किसान चिन्तित

नारायणगढ । गत वर्षसम्म धान फल्ने खेतमा यस वर्ष रोपाइँ

नेपाली कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक

लोकतान्त्रिक मूल्य र मान्यताविपरीत हुने कुनै पनि गतिविधि स्वीकार्य हुँदैन : गगन थापा

ललितपुर । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लोकतान्त्रिक मूल्य र