२१ मंसिर २०८२, आइतबार | December 8, 2025

एमसीसी राष्ट्रभन्दा माथि हुन सक्दैन : मन्त्री पासाङ



खोटाङ । प्रदेश १ का खानेपानी, सिँचाई तथा उर्जा मन्त्री रामकुमार राई (पासाङ)ले मन्त्री राईले एमसीसी राष्ट्रभन्दा माथि हुन नसक्ने बताएका छन् । प्रेस सेन्टर नेपाल खोटाङले शुक्रबार दिक्तेलमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री राईले राष्ट्र बच्यो भने मात्र सबथोक बच्ने भएकाले एमसीसी राष्ट्रभन्दा माथि हुन नसक्ने धारणा राखेका हुन् ।

मन्त्री राईले एमसीसी सम्झौताको विषय टुंग्याउन राष्ट्रिय सहमतीको आवश्यकता औंल्याएका छन् । ‘एमसीसी त्यत्ती सजिलै अगाडि बढ्छ जस्तो लाग्दैन, यसले राष्ट्रिय सहमती खोज्छ, संशोधन गर्नुपर्ने बुँदामा पुग्नु पर्छ । राष्ट्र बचाउनु छ, राष्ट्र बच्यो भने त पार्टी बच्छ, राष्ट्र छैन भने पार्टी कहाँ रहन्छ, राष्ट्र छैन भने हामी जनता कहाँ रहन्छौं ?,’ मन्त्री राईले भने, ‘राष्ट्र जोगाउनका लागि वहस छलफल भइरहेको छ, दृष्टिकोणहरु केही बाझिएको होला, आँखा चिम गरेर पास गर्नुपर्छ भन्ने पनि होईन । यसको समाधान राजनैतिक दले निकाल्छ र निकाल्नु पर्छ । राष्ट्रिय सहमती गरेरै जान पर्छ ।’

नवनिर्वाचित मन्त्री राईले वर्तमान सत्ता गठबन्धन सजिलै नटुट्ने दावी गरेका छन् । राष्ट्रिय स्वाधिनता र संविधान बचाउनलाई एकठाउँमा जुटेको गठबन्धन यती सजिलै टुट्न नसक्ने मन्त्री राईको दावी थियो । उनले वर्तमान गठबन्धनमाथि राष्ट्रियदेखि अन्र्तराष्ट्रिय शक्ति केन्द्रको गिद्धे नजर परिरहेको बताएका छन् । ‘हामी गठबन्धनलाई बचाउनु पर्छ भन्नेमैं छौँ । हामी अग्रगामी पार्टी राष्ट्रिय स्वाधिनता र संविधान बचाउनलाई जुटेका हौं,’ मन्त्री राईले भने, ‘यो सायद यती छिटै टुट्छ जस्तो लाग्दैन । टुट्यो भने राजनीतिक रुपमा नियोजित ढंगले टुट्न सक्छ । अन्तर्राष्ट्रिय शक्ती केन्द्रहरुको पनि गिद्धे नजर छ ।’

मन्त्री राईले तत्कालिन नेकपा छँदा एमसीसीलाई अध्ययन गरेर संशोधन बिना पास गर्न नसकिने धारणा बनेको चर्चा गरेका छन् । उनले प्रदेशको नामाकरण चाँडै टुंग्याउन पहल भइरहेको जानकारी दिए ।

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार  ८ : ०८ बजे

महाधिवेशन प्रतिनिधिलाई नेता तथा कार्यकर्ताको घर र कोठामा बासको व्यवस्था गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न ११औं राष्ट्रिय महाधिवेशनमा

‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह

काठमाडौँ । सरकारले ‘जेनजी’ प्रदर्शनमा घाइते भएकामध्ये परिचयपत्र छुटेको व्यक्तिलाई

इक्यान रुपन्देहीको अध्यक्षमा गोविन्द बस्नेत निर्वाचित

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीको सातौँ वार्षिक

राजनीतिक स्थितीलाई विगार्ने र निर्वाचनलाई प्राभावित गर्ने काम हामीबाट हुदैन : अर्थमन्त्री खनाल

नेपालगन्ज । नीजि क्षेत्रले नेपालगन्ज दिल्ली सिधा हवाई उडानका लागि

‘डिसइन्फर्मेसनबाट समाजलाई जोगाउन अति आवश्यक’

नेपालगन्ज । उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलाशका वरिष्ठतम् न्यायाधीश बामदेब