११ भदौ २०८३, बिहिबार | August 27, 2026

एमालेको चुनाव चिह्न अंकित झण्डा जलाएको आरोपमा एक पक्राउ



काठमाडौं । नेकपा (एमाले)को चुनाव चिह्न अंकित झण्डा जलाएको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार फागुन ७ गते दाङको तुलसीपुर उपमहानगरपालिका–५ स्थित वीरेन्द्र चोकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिलाई स्वागत गर्न भेला भएको भीडका क्रममा केही व्यक्तिहरूले एमालेको झण्डा जलाएका थिए।

उक्त घटनासम्बन्धी भिडियो सामाजिक सञ्जालमार्फत प्राप्त भएपछि प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ। अनुसन्धानकै क्रममा घटनामा संलग्न रहेको आरोपमा तुलसीपुर–७ का ५५ वर्षीय बुद्धिबहादुर बस्नेतलाई शुक्रबार पक्राउ गरिएको हो।

प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको र अन्य संलग्न व्यक्तिहरूको खोजी कार्यसमेत भइरहेको जनाएको छ।

प्रकाशित मिति : ८ फाल्गुन २०८२, शुक्रबार  ८ : ०५ बजे

सम्पर्कविहीन पत्रकार टेकराज थामीको खोजी कार्यलाई तीव्रता दिन आग्रह

काठमाडौं । नेपाल पत्रकार महासङ्घले रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका

बाढी प्रभावित क्षेत्र निरीक्षण गर्न चिनियाँ प्रधानमन्त्री ली छ्याङ केरुङ पुगे

काठमाडौँ । चीनका प्रधानमन्त्री ली छ्याङ बाढीबाट प्रभावित तिब्बतको केरुङ

तिब्बत-नेपाल बाढी पछि २८८ भारतीय सम्पर्कविहीन : भारतीय विदेश मन्त्रालय

नयाँदिल्ली । तिब्बत हुदैँ नेपाल पसेको प्रलयकारी बाढीमा परी २८८

भोटेकोशी बाढी : वीरमा ५ र ट्रमा सेन्टरमा १८ घाइतेको उपचार हुँदै

काठमाडौं । रसुवामा बुधबार बिहान गएको बाढीमा परी घाइते भएका

भोटेकोशी बाढी : हालसम्म २ सय ८९ जनाको मृत्यु, ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण बिहीबार दिउँसो १४:३०