१५ बैशाख २०८३, मंगलबार | April 28, 2026

फागुन ७ लाई नयाँ युगको आरम्भ बिन्दुको रुपमा स्मरण गर्नुपर्छ : ओली



काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले फागुन ७ लाई नेपालको इतिहासमा नयाँ युगको प्रारम्भ बिन्दुको रुपमा स्मरण गर्नुपर्ने बताएका छन् ।

प्रजातन्त्र दिवसको अवसरमा शनिबार शुभकामना सन्देश जारी गर्दै ओलीले जहानिया राणा शासनको विरुद्ध ४ सहिदको बलिदानीले नेपाललाई अन्धकारबाट उज्यालो युगमा अघि बढाएको उल्लेख गरेका छन् ।

शुभकामना सन्देशमा अध्यक्ष ओलीले नेपालीहरुले फागुन ७ लाई नयाँ युगको आरम्भ बिन्दुको रुपमा स्मरण गर्नुपर्ने बताए । सहिदको बलिदानीबाट प्राप्त लोकतन्त्र र राजनीतिक स्वातन्त्रताको उपयोग गर्दै एमालेले सरकारमा हुँदा जनहितका थुप्रै काम सुरु गरेको ओलीको शुभकामना सन्देशमा उल्लेख छ ।

उनले गरिबीबाट सम्पन्नतातिर, अविकासबाट विकासतिर, अव्यवस्थाबाट सुव्यवस्थातिर देशलाई अघि बढाउन सुरु गरेको बताए । लोकतन्त्रको जगमा ‘समृद्ध नेपालः सुखी नेपाली’को राष्ट्रिय आकांक्षालाई पूरा गर्न प्रयत्नरत भएकै बेला संविधानको गलत व्याख्याबाट एमालेलाई सरकारबाट हटाएको ओलीको भनाइ छ ।

“नेकपा (एमाले)ले सरकारको नेतृत्व गरिरहँदा नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने आकांक्षा पूरा गर्न आफ्ना हरेक क्षण, सम्भावना र सामाथ्र्यको सदुपयोग गरेको थियो,” उनले भनेका छन्,“संवैधानिक प्रबन्धको गलत व्यख्याद्वारा हामीलाई सरकारबाट बाहिर पुर्याइएपछि अबरुद्ध हुन पुगेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्ने हाम्रो अभियानलाई हामी अझ सवल रुपमा अगाडि बढाउन चाहन्छौँ ।”

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार  ११ : १७ बजे

वीरगञ्ज नाका हुँदै तीन अर्बको विद्युतीय सवारीसाधन आयात

वीरगञ्ज । चालु आर्थिक वर्षको नौ महिनामा वीरगञ्ज नाका हुँदै

बागलुङ नगर अस्पताल भवन निर्माणको काम अलपत्र

बागलुङ । बागलुङ नगर अस्पताल भवन निर्माणको काम अलपत्र परेको

धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि आवेदन खुला

काठमाडौं । अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्ड (सेबोन)को रिक्त अध्यक्ष

आजदेखि नयाँ शैक्षिकसत्र सुरु

काठमाडौं । आजदेखि नयाँ शैक्षिकसत्रको औपचारिक थालनी हुँदैछ । सरकारको

‘डिप ट्युबवेल’ जडानसँगै सिँचाइको असुविधा हट्यो

कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिका-१० प्रगतिटोलमा सिँचाइ सुविधा पुगेपछि स्थानीय