३ पुस २०८२, बिहिबार | December 18, 2025

सडक विस्तारका क्रममा वातावरण विनास गर्नेमाथि कारबाही गरियोस् : नेफेज



काठमाडौं । नेपाल वातावरण पत्रकार समूह (नेफेज)वातावरण विनास गर्नेमाथि कारबाहीकाे माग गरेकाे छ । नेफेजका अध्यक्ष कसमस विश्वकर्माद्वारा जारी विज्ञप्तिमा भनिएकाे छ-विकास आयोजना वातावरणमैत्री हुनुपर्छ र तिनको कार्यान्वयनका क्रममा वातावरणीय ऐन, कानुनहरुको पालना जिम्मेवार पक्षबाट गरिनुपर्छ भन्ने अटल मान्यता यस समूहले राख्दै आएको छ ।’

नेफेजका अनुसार पृथ्वी राजमार्गको मुग्लिनदेखि पोखरा खण्डको सडक बिस्तारको क्रममा २५ माघमा तनहूँ जिल्लाको शुक्लागण्डकी नगरपालिका कोत्रेमा लोपोन्मुख खैरो गिद्धको गुँड भएको सिमलको रुख विनास गरियो । गत वर्षपनि गिद्धले प्रजजन गरेको यो रुखमा गिद्धको फूल भएको र त्यसबाट बच्चा कोरलेपछि मात्रै रुख काट्न संरक्षणकर्मीले जिम्मेवार निकायलाई दिएको सुझावको बेबास्ता गर्दै सडक आयोजनाले रुख काटेर विचल्ली बनाएको दाबी नेफेजले गरेकाे छ ।

त्यस्तै, टिकौलीको जंगलमा खनिएको खाडलमा परेर दुर्लभ वन्यजन्तु गैंडा मरेकाे घटनाप्रति पनि नेफेजले ध्यानाकर्षण भएकाे जनाएकाे छ । ‘९ माघको यो घटनाले पनि संरक्षणकर्मीहरुलाई चिन्तित बनाएको छ । वन्यजन्तु कोरिडोरमा सडक निर्माणको क्रममा तिनको निर्वाध आवागमनलाई व्यवस्थित गर्न अण्डरपास जस्ता वातावरणमैत्री संरचनाहरुको निर्माण गर्नु स्वागतयोग्य छ तर, वन्यजन्तुलाई पासो थापेजस्तै खाडल खनेर त्यो त्यतिकै छोड्नु सडक आयोजनाको गम्भीर लापरवाही हो,’ नेफेजले भनेकाे छ ।

‘सडक बिस्तारको क्रममा कुन हदसम्म लापरवाही गरिन्छ भन्ने प्रतिनिधि पात्रको रुपमा यी घटनाहरुलाई लिन सकिन्छ । उपरोक्त घटनाहरुले दुवै सडक आयोजनाहरुको वातावरणीय प्रभाव मूल्यांकन र त्यसमा आधारित वातावरण व्यवस्थापन योजना कार्यान्वयनमा प्रश्नचिन्ह खडा भएको छ,’ विज्ञप्तिमा भनिएकाे छ, ‘यी घटनाबारेमा जिम्मेवार सडक विभाग र राज्यका अन्य निकायहरुले समयमै सत्यतथ्य सार्वजनिक गर्ने, दोषीहरुलाई विद्यमान कानुनको कठघरामा उभ्याउनुको साटो छानबिनका नाममा आलटाल गर्ने, एक अर्कामाथि दोष थोपार्ने, निर्माण व्यवसायीको दोष देखाउने लहर चलेको छ ।’

तनहूँ शुक्लागण्डकीमा सिमलको रुख काट्न अनुमति दिने निकाय, सडक निर्माणको अनुगमन गर्ने सडक आयोजनाका जिम्मेवार अधिकारी र निर्माण व्यवसायीलाई तत्काल निलम्बन गरी छानबिन गरी दोषीमाथि विद्यमान कानुन अनुसार कारबाही गर्न माग गरिएकाे छ ।

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2022/02/press-release.pdf”]

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार  ११ : ३४ बजे

बुटवलमा आजदेखि १६ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी सुरु हुने, अर्थमन्त्री खनालले उद्घाटन गर्ने

बुटवल । रुपन्देही उद्योग संघको आयोजनामा ‘समृद्ध नेपाल निर्माणको आधार,

यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने ३६ प्रतिनिधि

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ

एमाले ११ औँ महाधिवेशन : बिहान ८ बजेदेखि मतगणना सुरु, साढे १० बजेसम्म नतिजा सार्वजनिक गर्ने तयारी

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ

धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता

गलकोट । यहाँको बागलुङ नगरपालिका-१० भकुण्डेमा बस्दै आएका एक ८३

एमाले ११ औँ महाधिवेशन : सकियो मतदान, २२ सय २७ मत खस्यो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय