१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

सडक विस्तारका क्रममा वातावरण विनास गर्नेमाथि कारबाही गरियोस् : नेफेज



काठमाडौं । नेपाल वातावरण पत्रकार समूह (नेफेज)वातावरण विनास गर्नेमाथि कारबाहीकाे माग गरेकाे छ । नेफेजका अध्यक्ष कसमस विश्वकर्माद्वारा जारी विज्ञप्तिमा भनिएकाे छ-विकास आयोजना वातावरणमैत्री हुनुपर्छ र तिनको कार्यान्वयनका क्रममा वातावरणीय ऐन, कानुनहरुको पालना जिम्मेवार पक्षबाट गरिनुपर्छ भन्ने अटल मान्यता यस समूहले राख्दै आएको छ ।’

नेफेजका अनुसार पृथ्वी राजमार्गको मुग्लिनदेखि पोखरा खण्डको सडक बिस्तारको क्रममा २५ माघमा तनहूँ जिल्लाको शुक्लागण्डकी नगरपालिका कोत्रेमा लोपोन्मुख खैरो गिद्धको गुँड भएको सिमलको रुख विनास गरियो । गत वर्षपनि गिद्धले प्रजजन गरेको यो रुखमा गिद्धको फूल भएको र त्यसबाट बच्चा कोरलेपछि मात्रै रुख काट्न संरक्षणकर्मीले जिम्मेवार निकायलाई दिएको सुझावको बेबास्ता गर्दै सडक आयोजनाले रुख काटेर विचल्ली बनाएको दाबी नेफेजले गरेकाे छ ।

त्यस्तै, टिकौलीको जंगलमा खनिएको खाडलमा परेर दुर्लभ वन्यजन्तु गैंडा मरेकाे घटनाप्रति पनि नेफेजले ध्यानाकर्षण भएकाे जनाएकाे छ । ‘९ माघको यो घटनाले पनि संरक्षणकर्मीहरुलाई चिन्तित बनाएको छ । वन्यजन्तु कोरिडोरमा सडक निर्माणको क्रममा तिनको निर्वाध आवागमनलाई व्यवस्थित गर्न अण्डरपास जस्ता वातावरणमैत्री संरचनाहरुको निर्माण गर्नु स्वागतयोग्य छ तर, वन्यजन्तुलाई पासो थापेजस्तै खाडल खनेर त्यो त्यतिकै छोड्नु सडक आयोजनाको गम्भीर लापरवाही हो,’ नेफेजले भनेकाे छ ।

‘सडक बिस्तारको क्रममा कुन हदसम्म लापरवाही गरिन्छ भन्ने प्रतिनिधि पात्रको रुपमा यी घटनाहरुलाई लिन सकिन्छ । उपरोक्त घटनाहरुले दुवै सडक आयोजनाहरुको वातावरणीय प्रभाव मूल्यांकन र त्यसमा आधारित वातावरण व्यवस्थापन योजना कार्यान्वयनमा प्रश्नचिन्ह खडा भएको छ,’ विज्ञप्तिमा भनिएकाे छ, ‘यी घटनाबारेमा जिम्मेवार सडक विभाग र राज्यका अन्य निकायहरुले समयमै सत्यतथ्य सार्वजनिक गर्ने, दोषीहरुलाई विद्यमान कानुनको कठघरामा उभ्याउनुको साटो छानबिनका नाममा आलटाल गर्ने, एक अर्कामाथि दोष थोपार्ने, निर्माण व्यवसायीको दोष देखाउने लहर चलेको छ ।’

तनहूँ शुक्लागण्डकीमा सिमलको रुख काट्न अनुमति दिने निकाय, सडक निर्माणको अनुगमन गर्ने सडक आयोजनाका जिम्मेवार अधिकारी र निर्माण व्यवसायीलाई तत्काल निलम्बन गरी छानबिन गरी दोषीमाथि विद्यमान कानुन अनुसार कारबाही गर्न माग गरिएकाे छ ।

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2022/02/press-release.pdf”]

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार  ११ : ३४ बजे

‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’

सुदूरपश्चिम । ‘साहुजी, अण्डा दिनुस् न !’, कलेज पोसाकमा रहेका

गगन थापाले गरे मधेश र कोशी प्रदेशका कांग्रेस नेताहरुसँग छलफल

काठमाडौं । देबानगञ्ज घटना पछि विकसित असहज परिस्थितिका बारेमा नेपाली

सुनको मूल्य फेरि उकालो तर्फ

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुन

ब्रोड पिकमा बेपत्ता आरोहीको खोजी गर्न नेपाल सरकारको आग्रह

काठमाडौं । सरकारले ब्रोड पिकमा बेपत्ता आरोहीको खोजी गर्न सम्बन्धित

प्रधानमन्त्री बालेन्द्र शाहद्वारा मधेस केन्द्रित दलका नेताहरूसँग छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले मधेसबाट प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक