२१ माघ २०८२, बुधबार | February 5, 2026

मृतक महिला र बेवारिसे दुई बच्चा को हुन् ? प्रहरी भन्छ–महिला र बच्चाहरूबीच सम्बन्ध हुनसक्छ



महोत्तरी । गत मंगलवार बेलुका महोत्तरीको गौशाला–११ स्थित सागरनाथ जंगल नजिकैको पसलमा दुई बालबालिका फेला परे ।

अन्दाजी चार बर्ष र दुई बर्षका बालक भेटिएपछि स्थानीयले उनीहरूको फोटो खिचे र सामाजिक सञ्जालमा राखे । केही बेरमै फोटो भाइरल पनि बनाए । तर, राति अबेरसम्म कोही पनि बालबालिका दाबी गर्न नआएपछि गौशालामा निक्कै खैलाबैला भयो । राम्रोसँग बोल्न नसक्ने यी बालबालिका को हुन् र किन छोडियो भन्ने बिषयले निक्कै चर्चा पाउदै गयो । उनीहरू वेवारिसे बनिसकेपछि गौशाला कै दिनेश महतोले आश्रय दिए । र, प्रहरीलाई खबर गरे ।

बाबुआमाको नाम र ठेगाना बताउन नसक्ने उनीहरूलाई एक महिलाले छाडेर गएको र फर्केर नआएको पसल चलाउँदै आएका दिलबहादुर बताउँछन् । ‘ महिलाको मुख पछ्यौराले छोपेको थियो । केही समयमा फर्केर आउँलिन भने लाग्यो तर आइनन् ।’ उनले भने ।

प्रहरीले बच्चालाई बेवारिसे बनाएर छाडेर हिड्ने अभिभावकको खोजी गरिरहेको बेला बुधवार अर्को दुःखद घटना भयो । सागरनाथ जंगलभित्र दिउँसो एक महिलाको शब फोला पर्यो । अहिले यहाँ तिनै बालक र मृतक महिलालाई जोडेर अनेक अड्कलबाजी हुन थालेको छ ।

गौशाला नगरपालिका वडा नम्बर १२ कान्तिबजार जाने बाटोमा रेलवे लिकभन्दा पाँच सय मिटर अगाडि पहिचान खुल्न नसकेकी महिला मृत अवस्थामा भेटिएपछि बच्चा र महिलाबीच कुनै सम्बन्ध हुन सक्ने प्रहरीले समेत आकलन गरेको छ ।

प्रहरीको पारम्भिक अनुसन्धानले महिलाको आत्महत्या भन्दा पनि हत्या भएको हुन सक्ने आशंका छ । गर्भवती ती महिलाको घाटीमा निलडाम समेत देखिनुले आत्महत्या भन्दा पनि हत्या नै भएको हुनसक्ने प्रहरीको आकलन छ ।

‘पोष्टमार्टम रिपोर्ट आएपछि मात्र यही हो भनेर भन्न सकिएला तर प्रहरीले अनुसन्धानलाई भने फराकिलो बनाएको छ ।’ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रकाश विष्टले भने ।

बच्चा वेवारिसे अवस्थामा भेटिनु र महिला मृत अवस्थामा भेटिनुलाई यी घटना समबन्धित हुनसक्ने अनुमानसहित प्रहरीले घटनालाई एकसाथ अनुसन्धान अगाडि बढाएको छ ।

बच्चाहरुलाई मृतक महिलाको फोटो देखाउँदा ममी भनेको पनि प्रवक्ता विष्टको भनाइ छ । साना बच्चाहरूले ममी भने पनि यसैलाई पुष्ट्याइ गर्न नसकिने प्रहरीको ठहर छ ।

घटनाका समबन्धमा प्रहरीको शंकाको घेरामा रहेका केही व्यक्तिलाई पक्राउ गरी अनुसन्धान समेत भैइरहेको प्रहरीको भनाइ छ ।
घटना भएको तीन दिन बितिसक्दा पनि न मृतक महिलाको न सनाखत हुन सकेको छ न त बच्चाहरूको पहिचान नै । बच्चाहरूलाई आश्रय दिइरहेका दिनेश महतोको अनुसार उनीहरूले बुबाको नाम अजय बताइरहेका छन् ।

बच्चाहरू न घर ठम्याउन सक्छन् न त प्रष्ट बोल्न नै । उनीहरूलाई आधार बनाएर अनुसन्धान गर्न नसकिने स्थानीयको भनाइ छ ।

मृतक महिलाको फोटो देखाउँदा उनीहरूले मम्मी भनेको हुनाले बेवारिसे अवस्थामा छाडेका दुबै बच्चाको आमा मृतक महिला हुन सक्ने कतिपयको अनुमान छ ।

मृतक महिलाको शवलाई अहिले जलेश्वर अस्पतालमा पोष्मार्टमका लागि पठाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार  १ : ४५ बजे

एन आई सी एशियाले दियो जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति

काठमाडौ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक

निर्वाचन प्रचारप्रसार आयव्ययका लागि बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि जारी

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

काँग्रेस उम्मेदवार चुन्न पौडेललाई पूर्व आप्रवासीको बलियो साथ

बुटवल । आसन्न प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही २ मा नेपाली काँग्रेसका

युवालाई भविष्य होइन वर्तमानका साझेदार बनाउँदै ‘बदलिएको कांग्रेस’ अघि बढ्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले युवालाई देशको भविष्यका

काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान

बुटवल । मुलुकमा लोकतन्त्र, सुशासन र समावेशी विकासको यात्रालाई निरन्तरता