४ पुस २०८२, शुक्रबार | December 19, 2025

राप्रपा नेपाल ब्युँताउँदै कमल थापाले भने – हिजोसम्म सीमित घेराभित्र थियौं, अब खुला छौं, सबैलाई स्वागत छ



काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले देशको मागअनुसार राप्रपा नेपाल स्थापना भएको बताएका छन् । काठमाडौंमा शनिवार आयोजित घोषणा सभाका क्रममा उनले देशमा राष्ट्रवादी पार्टीको आवश्यकता पूरा गर्न राप्रपा आएको जनाए ।

सो क्रममा उनले अब राप्रपा नेपाल प्रजातान्तित्र शक्तिका रुपमा रहने पनि बताए । यस्तै उनले राष्ट्रवादी, सनतात धर्म र सँस्कृतिप्रति कटिबद्ध शक्तिका रुपमा समेत राप्रपाले आफूलाई ढाल्ने बताए । सोही कार्यक्रममा उनले भने, ‘नेपाली जनताको ठूला चाहना छैनन् । उनीहरूको चाहना भनेको दुई छाक खाने, एक सरो लगाउन, बिरामी हुँदा सहजै उपचार र छोराछोरीलाई स्तरीय शिक्षा दिने हो ।’ यी आधारभुत आवश्यकतामा समेत अन्य पार्टीले चासो नदिएको उनको आरोप छ । अब राप्रपा नेपालले यिनै विषयालाई प्राथमिकतामा राख्ने उनले बताए । उनले यसअघि देशभरबाट जम्मा आठ प्रतिशत मत ल्याएकोमा अब ९४ प्रतिशतको दलका रुपमा राप्रपा जानुपर्ने पनि बताए ।

उनले कार्यक्रममा राप्रपा नेपालमा नयाँ पुराना सबै सहयात्री साथीहरूलाई स्वागत गरिने पनि बताए । उनले भने, ‘हामी राष्ट्रवादी शक्तिका रुपमा रहन्छौँ । हाम्रो भविष्य उज्जल छ । यो पार्टी युवाहरूको हुनेछ । सोही अनुसार पार्टीमा अधिकांश युवा छन् ।’ उनले हिजोसम्म सिमित घेरामा रहेको र अब ति सबै सीमा तोडेको पनि उनले बताए ।

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार  ३ : ०१ बजे

शुक्रबार सुनको मूल्य तोलामा २ हजारले घट्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा २ हजार

रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही अदालत जाँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहाइको प्रक्रिया

नेपालगन्जमा शनिबारदेखि ‘क्रस बर्डर टुरिज्म कन्क्लेभ-२०२५’ हुँदै

नेपालगन्ज । बाँकेको नेपालगन्जमा शनिबार ‘नेपालगन्ज क्रस बर्डर टुरिज्म कन्क्लेभ

दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु

गलकोट । चार वर्षदेखि निरन्तर बग्दै आएको बागलुङ नगरपालिका-१० स्थित

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

मुस्ताङ । यहाँका वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका-१