२९ मंसिर २०८२, सोमबार | December 16, 2025

नेपालद्वारा फिलिपिन्स १३६ रनको विशाल स्कोरले पराजित, सेमिफाइनल यात्रा नजिक



काठमाडौं । आईसीसी टी-२० विश्वकप ग्लोबल छनोट क्रिकेटअन्तर्गत दोस्रो खेलमा नेपालले फिलिपिन्सलाई १३६ रनको विशाल स्कोरले पराजित गरेको छ । यससँगै नेपाल नेपाल ग्लोवल छनौटको सेमिफाइनल नजिक पुगेको छ ।

ओमानको मस्कटस्थित अल अमेरात रंगशालामा नेपालले पहिले ब्याटिङ गर्दै फिलिपिन्सलाई २१९ रनको विशाल लक्ष्य दिएको थियो । जवाफी व्याटिङमा उत्रिएको फिलिपिन्सका ब्याट्म्यानहरु नेपालका बलर सामु निरिह बने । नेपालले फिलिपिन्सलाई मात्र ८२ रनमा रोक्न सफल भयो ।

फिलिपिन्सलाई सस्तैमा समेट्न कप्तान सन्दीप लामिछानेले ४ ओभरमा ९ रन मात्र खर्चिएर ३ विकेट लिए । यस्तै, जितेन्द्र मुखिया, कुशल मल्ल, गुल्सन झा, अविनाश बोहोरा र दीपेन्द्रसिंह ऐरीले १/१ विकेट लिए ।

नेपालले दुई खेलबाट चार अंक जोडेर समुहको शीर्ष स्थानमा पुगेको छ ।

 

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार  ३ : १५ बजे

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको