८ बैशाख २०८१, शनिबार | April 20, 2024

हिउँ पन्छाएर मध्यपहाडी लोकमार्ग सञ्चालन



रुकुम पूर्व । तीन सातादेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालनमा आएको छ ।

लोकमार्गको लुकुम-पातीहाल्ना खण्डमा जमेको हिउँ पन्छाएपछि सडक पुनः सञ्चालन भएको हो । पटक-पटक हिउँ पर्दा पन्छाउँदै यातायात सञ्चालन गर्दै आए पनि पछिल्लो समयमा भने लामो समय सडक अवरुद्ध भएको थियो ।

एक साता लगाएर हिउँ पन्छाएपछि अहिले सडक सञ्चालन भएको भूमे गाउँपालिका अध्यक्ष रामसुर बुढामगरले जानकारी दिए । गाउँपालिकाको इन्धन सहयोगमा उक्त खण्डमा काम गरिरहेको सिद्धी शाही निर्माण कम्पनीले सडकमा जमेको हिउँ पन्छाएको अध्यक्ष बुढाले बताए ।

उनका अनुसार वडा नं १ को लामाक्याङबाट रुकुमपूर्व र बागलुङको सिमाना पातीहाल्नासम्मको अन्दाजी आठ-नौ किलोमिटरमा जमेको हिउँ पन्छाइएको छ ।

यस खण्डमा साढे दुई फिटदेखि पाँच फिटसम्म हिउँ जमेको थियो । मध्यपहाडीको महत्वपूर्ण खण्डमा हिउँ जम्दा यात्रु समस्यामा परेका थिए ।

गाउँपालिका, निर्माण कम्पनी, प्रहरी, प्रशासनको समन्वयमा सडक सञ्चालन गरिएको हो । हरेक वर्षको यही समयमा हिउँले मध्यपहाडी लोकमार्गको लकुम-पातीहाल्ना खण्ड अवरुद्ध हुँदा यात्रुले समस्या झेल्दै आइरहेका छन् ।

सडकमा जमेको हिउँ पन्छाएसँगै नियमितरूपमा रुकुमपूर्व र रोल्पाबाट पोखरा-काठमाडौं सवारी चल्न थालेको यातायात व्यवसायीले बताएका छन् ।

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार  ७ : ४६ बजे

गण्डकीमा मन्त्रीको कार्यविभाजन, मनाङेलाई भौतिक पूर्वाधार मन्त्रालय

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रीहरुको कार्यविभाजन गरेका

संवादका माध्यमबाट मुलुकमा देखिएका समस्या समाधान गर्नुपर्छ : अध्यक्ष ओली

काठमाडौं । नेपाल (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : अध्यक्ष ओली

काठमाडौं । नेपाल ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले नीति र

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन

पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको हालसम्ममा रु

एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को