१५ बैशाख २०८३, मंगलबार | April 28, 2026

विश्व इतिहासमा आजः जर्मनमा अमेरिकी बमवर्षक विमानबाट हमला भएको त्यो दिन



काठमाडौं । आज सन् २०२२ को २० फेब्रुबरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रमः

पृथ्वीको परिक्रमा गर्ने पहिलो अमेरिकी नागरिक

पृथ्वीको परिक्रमा गर्ने पहिलो अमेरिकी नागरिकले सन् १९६२ मा आन्द्र महासागरमा सुरक्षित अवतरण गरेका थिए । जोन एच ग्लेन जुनियर आजकै दिन अर्थात २० फेब्रुबरीमा आन्द्र महासागरमा सुरक्षित अवतरण गरेका थिए ।

जर्मनमा अमेरिकी बमवर्षक विमानको हमला

सन् १९४४ मा अमेरिकी बमवर्षकहरूले जर्मन विमान निर्माण केन्द्रहरूमा आक्रमण गरेका थिए । सो बमबारी अभियानलाई इतिहासमा विग विक भनेर चिनिन्छ । युरोप आक्रमणका लागि हवाई सर्वोच्चता प्राप्त गर्न आक्रमणको तत्कालिन उदेश्य थियो ।

अस्ट्रेलियाको राजधानी सहर निर्माण कार्य सुरु

सन् १९१३ मा अस्ट्रेलियाको राजधानी सहर निर्माण कार्य सुरु भएको थियो । क्यानबेरा पूर्णतया योजनाबद्ध शहर हो । प्रतिद्वन्द्वी सिड्नी र मेलबर्नबीचको सम्झौताको रूपमा क्यानबेरालाई अस्ट्रेलियाको राजधानीको रूपमा छनोट गरिएको थियो ।

रिहानाको जन्म दिन

आजकै दिन बार्बेडियाली गायिका, नायिका तथा फेसन डिजाइनर रिहानाको जन्म भएको थियो । उनको जन्म १९८८ को २० फेब्रुबरीमा भएको हो ।

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार  ७ : ४९ बजे

देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान

नेपालगन्ज विमानस्थलबाट राँझा चोकसम्म नि:शुल्क बससेवा

नेपालगन्ज । हवाई यात्रुलाई आवतजावतमा सहजता प्रदान गर्ने उद्देश्यले नेपालगन्ज

उपचारका क्रममा विरामीको मृत्यु भएपछि भेरी अस्पतालमा तनाव, ओपिडी सेवा बन्द

नेपालगन्ज । उपचारका क्रममा मृत्यु भएकी एकजना मृतकका अफन्तहरुले अस्पतालका

शेखर गोल्छालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले थुनामा रहेका नेपाल उद्योग वाणिज्य महासंघका

गर्मी बढेसँगै शुक्लाफाँटामा सुक्न थाले ताल

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रका अधिकांश ताल सुक्न थालेपछि