४ पुस २०८२, शुक्रबार | December 20, 2025

तनहुँमा बमन थेरापी प्रभावकारी बन्दै



तनहुँ । तनहुँस्थित आयुर्वेद स्वास्थ्य केन्द्रमा ‘बमन थेरापी’ पद्धतिबाट प्रदान गरिने उपचार सेवा प्रभावकारी बन्दै गएको छ । फोक्सो तथा श्वासप्रश्वाससम्बन्धी समस्या भएका बिरामीलाई सो पद्धतिबाट उपचार गरिन्छ ।

शरीरभित्र कफदोषको मात्रा वृद्धि हुँदै जाँदा फोक्सो र श्वासप्रश्वाससम्बन्धी रोग लाग्न सक्ने र यस्ता बिरामीलाई सो पद्धतिबाट उपचार गरिने केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख डा रामप्रबोध मण्डलले थेरापीबाट शरीरभित्र जमेका कफदोषलाई निकालेर बिरामीलाई सञ्चो बनाइने जानकारी दिए ।

सुरुमा जेठीमधु, मह, नुन मिसाएर बनाएको मनतातो पानी बिरामीलाई खाली पेटमा रुचुन्जेल पिउन लगाइन्छ । उनले भने, “बिरामीले उक्त पानी पिएको केही समयमै बमन गर्न थाल्छन् र शरीरभित्रका सबै विकार वस्तु बाहिर निकाली सञ्चो बनाइदिन्छ ।”

यसरी बमन हुँदा शरीरभित्र रहेका कफदोष निकाली श्वासप्रश्वासमा सहज र शरीर पनि हल्का हुने जनाइएको छ । उक्त विधि हप्तामा एकपटक गराइने छ । उनले भने, “श्वासप्रश्वास समस्याका बिरामीका लागि बमन विधि अचूक उपचार बन्ने गरेको छ ।

यसैगरी नश्याकर्म विधिबाट नाकभित्र रहेका फोहरमैला बाहिर निकाल्ने कार्यको थालनी गरिएको छ । नाकमा षड्विन्दु तेल प्रयोग गरी मसाज गरेर नाकभित्र जमेर रहेका विकार सजिलै बाहिर निकालिने उनले बताए ।

पछिल्लो समयमा केन्द्रमा विभिन्न किसिमका जटिल प्रकृतिका बिरामीले सहजरूपमा र प्रभावकारी सेवा पाउन थालेपछि आयुर्वेदिक उपचारतर्फ मानिसको आर्कषण बढ्दै गएको छ । आयुर्वेद स्वास्थ्य केन्द्रको आडमै दमौली अस्पताल रहे पनि स्वर बसेका, श्वासप्रश्वाससम्बन्धी समस्या भएका, बाथ, हाडजोर्नी, दम, ग्यास्ट्रिक, प्रसूतिलगायतका सेवा लिन सर्वसाधारणको भीड नै लाग्ने गरेको सो स्वास्थ्य केन्द्रले जनाएको छ । विसं २०७८ पुस मसान्तसम्म विभिन्न रोगका बिरामीले उपचार पाएका छन् । गत साउनदेखि हालसम्म गरी कूल चार हजार २६८ ले स्वास्थ्य सेवा लिएका छन् । -रासस

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार  १० : ४७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको