९ फाल्गुन २०८२, शनिबार | February 21, 2026

एमसीसी छलफलका लागि संसदीय समितिमा पठाउन प्रचण्डको प्रस्ताव



काठमाडौं प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँचदलीय गठबन्धन बैठकले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा टेबुल गर्ने सैद्धान्तिक सहमति गरेको छ । झन्डै आधा घन्टा बसेको बैठकले एमसीसीबारे ठोस निर्णय गरे पनि अनुमोदन गर्ने कि नगर्ने भन्नेमा भने कुनै टुंगो लागेको छैन ।

यसैबीच माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठकमा राखेको विषयबारे उनको सचिवालयले दुई बुँदे प्रस्ताव सार्वजनिक गरेको छ ।

प्रेस संयोजक रमेश मल्लका अनुसार सत्तारुढ गठबन्धन बैठकमा प्रचण्डले कुनै पनि विधेयक सरकारको तर्फबाट सदनमा टेबुल गर्नु सैद्धान्तिक हिसाबले स्वाभाविक प्रक्रिया भए पनि हाल लामो समयदेखि सदन अवरुद्ध भएको र अरु कुनै पनि विधेयक टेबुल नभएको अवस्थामा सभामुखलाई एमसीसी मात्र टेबुल गर भन्नु उपयुक्त नहुने तथा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी टेबुल गरिछाड्ने हो भने प्रस्तावलाई छलफलका लागि समितिमा पठाउन आग्रह गरेका थिए । तर, प्रधानमन्त्री देउवाले टेबल गरेर प्रक्रियामा लैजाने अडानमा रहेको मल्लले जानकारी दिए ।

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार  ११ : ५५ बजे

ब्रिटिश मोडल कलेजका विद्यार्थीहरू ‘आउटस्ट्यान्डिङ क्याम्ब्रिज लर्नर अवार्ड्स २०२५’ मा सम्मानित

काठमाडौं । ब्रिटिश एजुकेशन ग्रुपअन्तर्गत सञ्चालित तथा द ब्रिटिश कलेज,

नेपालगञ्जको वेस्टर्न मार्टमा आगलागी

बाँके । नेपालगञ्जस्थित सुर्खेत रोडमा रहेको वेस्टर्न मार्टमा आगलागी भएको

एमालेको चुनाव चिह्न अंकित झण्डा जलाएको आरोपमा एक पक्राउ

काठमाडौं । नेकपा (एमाले)को चुनाव चिह्न अंकित झण्डा जलाएको आरोपमा

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा फागुन २२ गते साधारण तारिख

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमा सर्वोच्च अदालतले यही फागुन

निर्वाचन प्रक्रियालाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय बनाउन सबैको सहयोग आवश्यक : कावा आयुक्त भण्डारी

मोरङ । निर्वाचन आयोगका कार्यवाहक आयुक्त रामप्रसद भण्डारीले आसन्न प्रतिनिधिसभा