२० मंसिर २०८२, शनिबार | December 6, 2025

नेपाल प्रहरीका १८ एसपीको सरुवा, रुपन्देहीमा रबिन्द्र रेग्मी, गुल्मीमा दिपक कुमार बस्नेत (सूचनासहित)



बुटवल । नेपाल प्रहरीका १८ प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालयले फागुन महिनादेखिको तलब भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खाने गरि आइतबार उनीहरूलाई सरुवा गरेको हो ।

प्रधानकार्यालयका अनुसार बाग्लुङ प्रहरी प्रमुख कृष्ण बहादुर पल्ली मगरलाई प्रहरी युक्त तालिम महाबिद्यालय नवलपरासी सरुवा गरिएको छ भने विशेष सुरुक्षा गण तनहुँबाट दयानिधि ज्ञवालीलाई बागलुङ सरुवा गरि पठाइएको छ । त्यसैगरि रुपन्देही प्रहरी प्रमुख डा. मनोज केसीलाई बागमती प्रदेश प्रहरी कार्यालय मानव श्रोत व्यवस्थापन शाखामा सरुवा गरिएको छ भने रुपन्देहीमा सम्पत्ति सुद्धिकरण विभागका रबिन्द्र रेग्मीलाई रुपन्देही सरुवा गरिएको छ ।

विशेष सुरक्षा गढा सुनसरीका एसपी दिपक कुमार बस्नेतलाई जिल्ल प्रहरी कार्यालय गुल्मी पठाइएको छ भने डोटीका प्रहरी प्रमुख दानबहादुर मल्ललाई मानव बेचबिखन अनुसन्धान ब्यूरोमा सरुवा गरिएको छ । जिल्ला प्रहरी कार्यालय डोटीमा शारदा प्रसाद चौधरीलाई प्रहरी प्रमुख बनाएर बठाइएको छ ।

 

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार  ११ : १० बजे

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल

जनकपुरबाट प्रचण्डले भने – “मधेशी जनताप्रतिको मेरो विश्वास अटल छ”

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मधेशी जनताप्रति