९ फाल्गुन २०८२, शनिबार | February 21, 2026

आईसीसी टी-२० विश्वकप छनोट : आज नेपाल क्यानडासँग भिड्दै



काठमाडौं । आईसीसी टी-२० विश्वकप छनोटअन्तर्गत आज नेपाल तेस्रो खेलमा क्यानडासँग भिड्दै छ ।

सेमिफाइनल पुग्न आज नेपालले क्यानडाको सामना गर्नेछ। ओमनको अल अमेरत क्रिकेट ग्राउन्डमा आज अपारह्न ३ः४५ बजे नेपाल र क्यानडाको खेल हुनेछ ।

ग्लोबल छनोटको समूह ‘बी’ मा रहेको नेपाल आज क्यानडालाई हराउँदै तेस्रो जित निकाल्दै सेमिफाइनलमा प्रवेश गर्नेछ । यसअघि नेपालले ओमनलाई ३९ रनले र फिलिपिन्सलाई १३६ रनले पराजित गरेको थियो ।

नेपाल दुई खेलमा ४ अंक सहित समूहको शीर्षस्थानमा छ । त्यस्तै, दुई खेलमा एक जित र एक हजारसहित क्यानडा २ जोडेर समूहको दोस्रो स्थानमा रहेको छ ।

त्यस्तै, ओमन दुई अंकसहित तेस्रो स्थानमा छ। फिलिपिन्सले भने दुवै खेल हारेर अंक तालिकाको पुछारमा छ ।

फाइनलमा पुग्ने दुई टोली अष्ट्रेलियामा अक्टोबर १६ देखि नोभेम्बर १३ तारिखसम्म हुने आईसीसी टी-२० विश्वकपको लागि छनोट हुनेछन् ।

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  ७ : २५ बजे

कैलालीका चार स्थानमा अस्थायी मतदान केन्द्र निर्धारण

सुदूरपश्चिम । प्रतिनिधिसभा सदस्यको आसन्न निर्वाचनको तयारीका क्रममा कैलाली जिल्लाका

मनोरम दृश्य एकै यात्रामा अवलोकन गर्न सकिने भोजपुरको मुन्दुम पदमार्ग

भोजपुर । मुन्दुम पदमार्ग पूर्वी नेपालको एक रमणीय र सहज

मनाङका केही मतदान केन्द्रको अनुगमनमा समस्या

मनाङ । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गए पनि मनाङका केही

पर्सा प्रहरीले मतदानस्थलमा सिसी क्यामेरा जडान गर्ने

पर्सा । जिल्ला प्रहरी कार्यालय पर्साले प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई

निर्वाचन आउन १२ दिन बाँकी : मतपत्रसहित निर्वाचन सामग्री ढुवानीको काम जारी

काठमाडौं । निर्वाचन आयोगले देशभरका सबै निर्वाचन क्षेत्रमा मतपत्र सहित