७ पुस २०८२, सोमबार | December 22, 2025

चुनावको मुखमा पार्टी फेर्दै स्थानीय तहका जनप्रतिनिधि



बुटवल । स्थानीय चुनावको मिति घोषणा भएपछि विभिन्न राजनीतिक दलका नेताहरू पार्टी फेरबदलमा लागेका छन् । चुनावमा टिकट हात पार्न र सम्भावित जित निकाल्न उनीहरूले पार्टी परिवर्तन गर्ने गरेका हुन् ।

रूपन्देहीका १६ स्थानीय तहमध्ये चार स्थानीय तहका प्रमुखले चुनावको मुखमा पार्टी परिवर्तन गरेका छन् । एक नगर प्रमुख र तीन गाउँपालिका अध्यक्षले पार्टी बदलेका हुन् । रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुखसहित रोहिणी, ओमसतिया र सम्मरीमाई गाउँपालिका अध्यक्षले आफू आवद्ध पार्टी परित्याग गरी अर्को दलमा आवद्ध भएका हुन् ।

पार्टी फेरेका चारैजनाले फेरि पनि नयाँ पार्टीबाट स्थानीय तहमा उम्मेदवारी दिने योजना बनाएका छन् । ३ फागुनमा रूपन्देहीको रोहिणी गाउँपालिका अध्यक्ष सनोजकुमार यादव र ओमसतिया गाउँपालिका अध्यक्ष हीरा केवट एमाले प्रवेश गरे । अघिल्लो चुनावमा यादव संघीय समाजवादी फोरम र केवट माओवादी केन्द्रबाट निर्वाचित भएका थिए । नेकपा विभाजनपछि पनि केवट माओवादी केन्द्रमै सक्रिय थिए । उनीसँगै माओवादी केन्द्रबाट निर्वाचित ओमसतिया गाउँपालिका उपाध्यक्ष सुन्दरमतिकुमारी हरिजन पनि एमालेमा प्रवेश गरिन् ।

माओवादी केन्द्र ओमसतियाका अध्यक्ष गोविन्द केवट र माओवादी केन्द्र रोहिणीका अध्यक्ष प्रदीपकुमार पाण्डेय पनि चुनाव नजिकिँदै गर्दा एमाले प्रवेश गरे । पार्टीले दिने जिम्मेवारीको सुनिश्चिततासहित एमाले उपाध्यक्ष विष्णु पौडेल र सचिव छविलाल विश्वकर्माले बृहत् कार्यक्रममार्फत उनीहरूलाई पार्टी प्रवेश गराएका हुन् ।

रोहिणी गाउँपालिका अध्यक्ष यादवले मधेसी दलमा विचलन आएको र काममा सहयोग नभएकाले एमाले रोजेको बताए । ‘मधेसी दलमा सत्ता र स्वार्थ निकै बढ्यो । आफूहरू मन्त्री हुँदा पनि स्थानीय तहलाई हेरेनन् । रोहिणीका कुनै योजना कार्यान्वयनमा सघाएनन्,’ उनले भने, ‘त्यसैले एमाले रोजेको हुँ ।’ आफूसँगै तीन सय बढी कार्यकर्ताले दल परिवर्तन गरेको उनको दाबी थियो । उनका सहोदर दाजु प्रमोद यादव संघीय सांसद छन् । उनी नेपाली कांग्रेसबाट विजयी भएका थिए ।

स्वतन्त्रबाट चुनाव जितेका लुम्बिनी सांस्कृतिक नगरपालिका प्रमुख मनमोहन चौधरी जसपामा प्रवेश गरेका छन् । स्वतन्त्र व्यक्तिले सधैं चुनाव जित्न र जनमत सिर्जना गर्न नसक्ने भएकाले पार्टी रोजेको उनले बताए । यद्यपि, जसपा रोज्नुअघि उनको नेपाली कांग्रेससँग पनि कुराकानी चलेको थियो । प्रदेशसभा सदस्य फकरुद्दिन खान उनीप्रति सकारात्मक नभएपछि उनी जसपातिर लागेको स्रोतको दाबी छ ।

जसपाबाट चुनाव जितेका सम्मरीमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ला भने एमाले हुँदै माओवादी केन्द्रमा प्रवेश गरेका छन् । प्रदेशसभाको चुनावताका उनी एमालेमा प्रवेश गरेर आफ्नी पत्नीलाई प्रदेशसभा सदस्यमा उम्मेदवार बनाएका थिए । चुनाव हारेपछि उनले एमाले छोडेको र स्वतन्त्र भएको प्रचार गरे । यसपालि काठमाडौंमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट टीका लगाएर उनी माओवादी प्रवेश गरेका हुन् ।

स्थानीय तह प्रमुख चारैजनाले नयाँ पार्टीबाट पुनः उम्मेदवारी दोहो¥याउने गरी लबिइङ गरिरहेका छन् । सम्मरीमाई गाउँपालिका प्रमुख शुक्लाले आफूले अघि सारेका योजना पूरा गराउन पनि पुनः उम्मेदवारी जरुरी रहेको बताए ।

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  १० : २८ बजे

चर्चित नेता प्रल्हाद गिरिसहित विभिन्न जिल्लाबाट एमाले नेता तथा निर्वाचित जनप्रतिनिधि नेकपा प्रवेश

काठमाडौं । विभिन्न जिल्लाबाट नेकपा ९एमाले० परित्याग गरी चार दर्जनभन्दा

नेप्से परिसूचकमा १३ अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३ दशमलव ८८

काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै

मनाङ । जिल्लाको चामे गाउँपालिका-४ सिङ्गरखर्कमा नयाँ ‘काजिनसारा ताल’ फेला

निर्वाचन सुधारका तीन विषयमा सरकारले माग्यो सुझाव – ‘नो भोट’देखि प्रवासी मतदानसम्म

काठमाडौं । सरकारले निर्वाचन प्रणाली सुधारसँग सम्बन्धित तीन महत्वपूर्ण विषयमा

मितेरी पुल निर्माणसँगै केरूङ पासको नवीकरण सुरु

रसुवा । नेपाल–चीनबीचको ल्हेन्देखोलामा मितेरीपुल पुनर्निर्माण भएसँगै अध्यागमन कार्यालय रसुवाले