४ पुस २०८२, शुक्रबार | December 19, 2025

माओवादी केन्द्रमा फर्किने र प्रवेश गर्ने लहर चलेको छ : प्रचण्ड



काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतमा विभिन्न पार्टीमा रहेका क्रमशः आफनो पार्टीमा आउने र केन्द्रित हुने लहर नै चलेको बताएका छन् ।

नेपाली कांग्रेस र (नेकपा एमाले)का करिब दुई दर्जन नेता तथा कार्यकर्तालाई आज माओवादीमा प्रवेश गराउँदै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन । प्रचण्डले भने, “देशैभरि माओवादी केन्द्रमा फर्किने र प्रवेश गर्ने लहर नै चलेको छ ।”

अध्यक्ष प्रचण्डले मधेस प्रदेशमा मधेसी जनताको पहिचान र अधिकारको लागि लड्ने पार्टी माओवादी केन्द्र नै हो भन्ने धारणा एकपटक फेरि फैलिएको उल्लेख गरे। मधेशमा मात्रै नभइ देशैभर माओवादीप्रति जनताको नयाँ उभार देखिएको उनको भनाइ थियो ।

नवप्रवेशीलाई अध्यक्ष प्रचण्डले आज एक कार्यक्रमकाबीच अबिर र खादा लगाई पार्टीमा स्वागत गरेका हुन् । उनीहरुलाई पार्टीमा उचित जिम्मेवारी दिइने उनले विश्वास दिलाए ।

यसरी प्रवेश गर्नेहरुमा नेकपा एमालेमा रहेका रौतहट जिल्ला मौलापुर नगरपालिकाका वडा अध्यक्षका प्रत्यासी तथा कार्यपालिका सदस्य कामेश्वरप्रसाद साह कानूसहितका नेता तथा कार्यकर्ता छन् । त्यसैगरी सुदूरपश्चिमबाट नेपाली कांग्रेसमा क्रियाशील सदस्य जयराज भट्ट, व्यवसायी विष्णु भट्ट र विनोदप्रसाद भट्टलगायत माओवादीमा प्रवेश गरेका छन् ।

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  १२ : ०५ बजे

महाधिवेशनले पार्टी एकतालाई नयाँ उचाईमा पुर्‍याएको छ : ओली

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताको भावनाका

नेपाल चिकित्सक सङ्घद्वारा उम्मेदवारको नामावली सार्वजनिक

काठमाडौं । नेपाल चिकित्सक सङ्घ, केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनका लागि

महाधिवेशनपछि एमालेको पहिलो केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौँ । नेकपा (एमाले)को ११ औँ महाधिवेशन सम्पन्न भएपछि पहिलो

मौसम प्रतिकुल हुँदा आन्तरिक उडान प्रभावित, आधा दर्जन विमानस्थल खुल्न सकेनन्

काठमाडौं । प्रतिकूल मौसमका कारण देशका आधा दर्जन विमानस्थल दिउँसोसम्म

नेपालगन्जका सार्वजनिक स्थानमा आगो ताप्ने प्रबन्ध हुँदै

नेपालगन्ज । चिसो बढन थालेपछि स्थानीय तहले नेपालगन्जका सार्वजनिक स्थानमा