१० श्रावण २०८३, आइतबार | July 27, 2026

वीरगन्ज भन्सारबाट गत आर्थिक वर्षभन्दा ३३ अर्ब बढी राजश्व सङ्कलन



वीरगन्ज । नेपालकै मुख्य प्रवेशद्वार र प्रमुख व्यापारिक नाका वीरगन्जबाट नेपालका लागि हुने विभिन्न बस्तुको आयात निर्यातामा सुधार भएसँगै यसको सकारात्मक प्रभाव राजश्व सङ्कलनमा पनि देखिएको छ । कोरोना सङ्क्रमणको दरमा आएको कमीसँगै मुलुकभित्रको उद्योग व्यपारले गति लिएकाले राजश्व सङ्कलन बढेको हो ।

उक्त नाकाबाट नेपालका लागि हुने विभिन्न बस्तुको आयात तथा निर्यातमा सुधार भएपछि गत आर्थिक वर्षको साउनदेखि माघ महिनासम्ममा सङ्कलित राजश्वको तुलनामा चालु आवको सोही अवधिमा ३८ प्रतिशत बढी राजश्व सङ्कलन भएको छ । गत आर्थिक वर्षको ७ महिनामा रु ८८ अर्ब ५० करोड ४८ लाख राजश्व सङ्कलन भएकामा चालु आवको सोही अवधिमा रु एक खर्ब २१ अर्ब ७२ करोड ८४ लाख राजश्व सङ्कलन गर्न वीरगन्ज भन्सार सफल भएको छ । यो गत आवको सङ्लित राजश्वको भन्दा रु ३३ अर्ब २२ करोड ३६ लाख बढी हो ।

चालु आवको साउनदेखि माघसम्मका लागि भन्सार विभागले रु एक खर्ब १६ अर्ब ७१ करोड १५ लाख राजश्व सङ्कलन हुने प्रक्षेपण गरेकामा कार्यालयले लक्ष्य भन्दा चार दशमलव तीन प्रतिशत बढी अर्थात् रु पाँच अर्ब एक करोड ७८ लाख बढी सङ्कलन गर्न सफल भएको कार्यालयका सूचना अथिकारी सुमित गुप्ताले जानकारी दिए ।

सवारी साधनको आयातबाट सङ्कलित राजश्वमा २३ दशमलव २१ प्रतिशत र इन्धनको आयातमा ३७ दशमलव ९१ प्रतिशत बढी राजश्व सङ्कलन भएको भन्सार कार्यालयले जनाएको छ ।

 

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  १२ : १६ बजे

क्यान्सर अस्पतालमा कुरुवाघर संचालनमा आउँदै

नेपालगन्ज । बाँके स्थित खजुरा क्यान्सर अस्पतालमा उपचार गर्न आउने

भक्तपुरबाट पक्राउ परे एमबिएसको प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्ति

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायतर्फ एमबिएस प्रथम सेमेस्टरको ‘अर्गनाइजेशनल

जमुनाह नाकामा ‘बीआइटी’ टोली परिचालन

नेपालगन्ज । भारतसँग सीमा जोडिएको नेपालगन्जस्थित बाँकेको जमुनाह सीमा नाकामा

निर्मला पन्त प्रकरणका आठ वर्ष पूरा : अनुसन्धान अधुरै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला

खजुरा क्यान्सर अस्पतालमा एउटै छानामुनी सम्पूर्ण डायग्नोसिस सेवा

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले