९ फाल्गुन २०८२, शनिबार | February 21, 2026

नक्कली पीसीआर रिपोर्ट बनाउने शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका ल्याब इन्चार्ज विरुद्ध भ्रष्टाचार मुद्दा



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका तत्कालीन ल्याब इन्चार्ज बिनोद कुमार यादव विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

यादवले नक्कली पीसीआर रिपोर्ट बनाएको पुष्टी भएपछि सोमबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

केन्द्रका तत्कालीन ल्याब इन्चार्ज यादवले पीसीआर टेष्टको रिपोर्ट फेरबदल गरी लामो समयदेखि अनुचित लेनदेन गरेको भन्ने उजुरी परेपछि अख्तियारले उनीमाथि अनुसन्धान सुरु गरेको थियो ।

अनुसन्धान हुँदा यादवले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको छाप आफुखुशी बनाई दुरुपयोग गर्ने गरेको पाइएको अख्तियारद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ ।

यादवले प्रयोग गर्ने कार्यालयको कम्प्युटरको सीपीयूको फरेन्सिक परीक्षण गर्दा फेला परेका पीसीआर रिपोर्टहरु सबै नक्कली भएको समेत अख्तियारले जनाएको छ ।

शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना भएका मानिसहरुको स्वाब संकलन गरी अनाधिकृत रुपमा रकम लिई स्वाबको परीक्षण नै नगरी गलत पीसीआर प्रतिवेदन उनले बनाउने गरेको अनुसन्धानमा खुलेको छ ।

रिपोर्ट पोजेटिभ आएमा पनि थप रकम लिई उनले रिपोर्ट नेगेटिभ बनाउने गरेको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  ४ : ०९ बजे

कैलालीका चार स्थानमा अस्थायी मतदान केन्द्र निर्धारण

सुदूरपश्चिम । प्रतिनिधिसभा सदस्यको आसन्न निर्वाचनको तयारीका क्रममा कैलाली जिल्लाका

मनोरम दृश्य एकै यात्रामा अवलोकन गर्न सकिने भोजपुरको मुन्दुम पदमार्ग

भोजपुर । मुन्दुम पदमार्ग पूर्वी नेपालको एक रमणीय र सहज

मनाङका केही मतदान केन्द्रको अनुगमनमा समस्या

मनाङ । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गए पनि मनाङका केही

पर्सा प्रहरीले मतदानस्थलमा सिसी क्यामेरा जडान गर्ने

पर्सा । जिल्ला प्रहरी कार्यालय पर्साले प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई

निर्वाचन आउन १२ दिन बाँकी : मतपत्रसहित निर्वाचन सामग्री ढुवानीको काम जारी

काठमाडौं । निर्वाचन आयोगले देशभरका सबै निर्वाचन क्षेत्रमा मतपत्र सहित