४ पुस २०८२, शुक्रबार | December 19, 2025

अर्किड कपको तयारी पूरा



काठमाडौं । अर्किड स्कुलको आयोजनामा हुने छैटौं अर्किड कप अन्तरविद्यालय नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।

१३ फागुनदेखि हुने प्रतियोगिताको तयारी पूरा भएको अर्किडका प्रिन्सिपल चोलेन्द्रबहादुर कार्कीले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

सेभेन ए साइड फर्मेटमा हुने प्रतियोगितामा ३२ छात्र टिमको सहभागिता रहने अर्किडका अत्तिरिक्त कृयाकलाप शिक्षक सरोज तामाङले बताए । शीर्ष चार स्थानमा रहने टिमले क्रमशः ३० हजार, २० हजार, १० हजार र ५ हजार नगद पुरस्कार पाउने छन् ।

पत्रकार सम्मेलनमा प्रिन्सिपल कार्कीले संस्थागत विद्यालयबीच भाइचाराको सम्बन्ध अझ अभिबृद्धि गर्दै लैजानुका साथै विद्यार्थीमा रहेको प्रतिभा पहिचान गर्ने उद्देश्यले प्रतियोगिताको थालनी गरेको बताए ।

अर्किडका संयोजक नरेन्द्रप्रसाद पाण्डेयले जुनियर स्तरबाटै भविष्यका खेलाडीको पहिचान गर्न सकिने भएको हुँदा अर्किडले जुनियर प्रतियोगितामा विशेष जोड दिदै आएको धारणा व्यक्त गरे ।

अर्किडका सञ्चालक प्रेमकुमार भुजेलले कोरोना भाइरसका कारण अधिकांस समय मोबाइलमा व्यस्त रहने विद्यार्थीलाई चलायमान बनाउन र उनीहरुको मनोबल माथि उकास्न प्रतियोगिता महत्वपूर्ण सावित हुने विश्वास व्यक्त गरे ।

प्रतियोगिताका खेलहरु काँडाघारीस्थित आयोजकको आफ्नै मैदानमा हुने छ । फाइनल फागुन २० गते हुने छ । पाँचौं संस्करणको उपाधि केभीएसले जितेको थियो ।

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलबार  ८ : २३ बजे

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीकोे सङ्घीय नेतृत्व मञ्चमा