४ पुस २०८२, शुक्रबार | December 19, 2025

यूएईसँग आज नेपाल भिड्दै



काठमाडौं । आईसीसी टी-२० विश्वकप ग्लोबल छनोटको पहिलाे सेमिफाइलनमा मंगलबार सयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध मैदान उत्रदा नेपाल जितसँगै दोस्रो पटक विश्वकप पुग्ने लक्ष्यमा हुनेछ ।

ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार दिउँसो ३:४५ बजेदेखि सुरु हुनेछ । आजको खेलमा जित निकाले नेपाल दोस्रो पटक विश्वकपमा छनोट हुनेछ । यसअघि नेपाल पहिलो पटक सन् २०१४ मा बंगलादेशमा भएको विश्वकपमा छनोट भएको थियो ।

नेपालले समूह ‘बी’ को विजेताको रुपमा सेमिफाइनलमा स्थान सुरक्षित गर्दा यूएई समूह ‘ए’ को उपविजेताको हैसियतमा सेमिफाइलन आएको हो ।

नेपाल समूह चरणका तीनै खेलमा जित निकाल्दै सेमिफाइनल प्रवेश गरेकाे हाे । नेपालले पहिलो खेलमा घरेलु टोली ओमानलाई ३९ रनले, दोस्रो खेलमा फिलिपिन्सलाई १३८ रनले र तेस्रो खेलमा क्यानडालाई आठ विकेटले पराजित गरेको थियो ।

यस्तै, समूह चरणका तीन खेलमध्ये दुईमा विजयी भएको यूएई एक खेलमा भने पराजित भएको थियो । समूह ‘ए’ बाट आयरल्यान्ड समूह विजेता बन्दै सेमिफाइनल प्रवेश हो ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाल र यूएईबीच भएको पछिल्लो चार टी- २० भेटमा दुबै टोलीले समान दुई खेलमा जित निकालेका छन् । यद्यपि, हालै ग्लोबल छनोटको तयारीका लागि खेलिएको खेलमा नेपाल यूएईसँग २५ रनले पराजित भएको थियो ।

यस अघि सन् २०१९ मा भएको तीन भेटमा भने नेपाल दुई पटक विजयी हुँदा यूएई एक पटक जित निकाल्न सफल भएको थियो ।

नेपालले यूएईलाई फेब्रुअरी १ र ३ मा भएको भेटमा क्रमश: ४ विकेट र १४ रनले पराजित गरेको थियो । यता, ३१ जनवरीमा भएको खेलमा यूएई ३१ रनको विजयी भएको थियो ।

कप्तान सन्दीप दुबै टोली एक अर्काबिरुद्द जानकार रहेको र यूएईबिरुद्द खेलाडी मानसिक रुपमा समेत तयारी भएको बताउछन् ।

फाइनल प्रबेश गर्ने टोली आगामी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टी-२० विश्वकप खेल्न पाउनेछ ।

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलबार  ९ : ३८ बजे

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीकोे सङ्घीय नेतृत्व मञ्चमा

महाधिवेशनले पार्टी एकतालाई नयाँ उचाईमा पुर्‍याएको छ : ओली

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताको भावनाका

नेपाल चिकित्सक सङ्घद्वारा उम्मेदवारको नामावली सार्वजनिक

काठमाडौं । नेपाल चिकित्सक सङ्घ, केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनका लागि

महाधिवेशनपछि एमालेको पहिलो केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौँ । नेकपा (एमाले)को ११ औँ महाधिवेशन सम्पन्न भएपछि पहिलो