२० बैशाख २०८१, बिहिबार | May 2, 2024

छ वर्षसम्म पनि पुल नबनेपछि स्थानीयवासी आफैँले निर्माण गरे काठको पुल



मनाङ । हिमाली जिल्ला मनाङमा पुल निर्माण गर्ने ठेक्का पाएको ठेकेदारले छ वर्षसम्म पनि निर्माण नगरेपछि स्थानीयवासी आफैँले काठको पुल बनाएका छन् ।

छ वर्षअघि असारमा द क्याराभान कम्पनीले दूधखोलामा पुल निर्माण गर्ने ठेक्का पाएको थियो । तर ठेक्का लिएर वर्षौँसम्म काम नगरी ठेकेदारले आलटाल गरेर झुलाइदिएपछि स्थानीयवासीले खोलामा काठको पुल निर्माण गरेका हुन् ।

एक वर्षभित्रै सक्ने गरी ठेक्का लिएको योजना अहिलेसम्म अलपत्र छ । क्याराभानले मृत सञ्जीवनी र खड्का कृष्ण जेभीमा काम गर्ने सम्झौता गरेको हो । जिल्लाको थोंचेबाट तिल्चे हुँदै उत्तरी छिमेकी देश चीन जोड्ने सडकमा पर्ने यो पुल विसं २०७३ असारमा ठेक्का लागेको थियो । विसं २०७४ साउनमा सक्नुपर्ने सम्झौता भए पनि हालसम्म चारपटक म्याद थप भएको छ तर काममा प्रगति छैन । भ्याटबाहेक रु तीन करोड ५५ लाखमा दिइएको ठेक्काको काम अलपत्र पारे पनि ठेकेदारले करिब रु एक करोड ३२ लाख निकासा पाइसकेको छ ।

क्याराभानले नै विसं २०७३ असारमा ठेक्का लिएको रु चार करोड ५७ लाखको हुम्डे पुलसमेत अलपत्र छ । मस्र्याङ्दी नदीमाथि हुम्डेमा पुल बनाउन तत्कालीन जिल्ला विकास समितिले २०७३ कै असारमा बोलपत्र आह्वान गरेको थियो । श्री गाल्वा र क्याराभान कम्पनीले यसको ठेक्का पाए । भ्याटसहित रु चार करोड ५७ लाखमा ठेक्का दिइएको यो पुल २०७४ माघमा सक्नुपर्ने हो ।

तत्कालीन जिल्ला विकास समितिले विभिन्न मितिमा छवटा पुलको ठेक्का लगाएको थियो । पिसाङ र मुङजीमा निर्माणाधीन पुल अलपत्र अवस्थामै छ । क्याराभानले म्यार्दीखोलाको पुल भने पूरा गरेको छ । तिमाङको पनि असारको बाढीले भद्रगोल अवस्थामा छ ।

सडक सञ्जाल ढिलो पुगेको मनाङका अधिकांश खोलामा अहिले पनि काठकै पुल तरेर गाडी र मान्छे आवतजावत गर्छन् । डुम्रे, बेँसीसहर, चामे सडकखण्डमा २१ वटा पक्की पुल निर्माणका लागि प्रस्ताव गरिएको तर बजेट विनियोजन भइसकेको छैन । अहिले सडक चामेबाट कटेर भ्राताङ हुँदै उकालो लागेको छ । न सडक पक्की बनेको छ, न पुल राम्रो छ । काठे पुलकै भरमा ठूला गाडीसमेत तर्दा जोखिम बढेको स्थानीयवासी बताउँछन् ।

नासों गाउँपालिका अध्यक्ष चन्द्र घले ठेकेदारको चरम लापरबाहीले नागरिक सास्ती भोग्न बाध्य भएका बताउँछन् । “मोटरेबल पुल बनाउन सात वर्षभन्दा पहिले ठेक्का दिएको हो । अहिलेसम्म सम्पन्न भएन । त्यहाँका जनतालाई सास्ती छ । उनीहरू मिलेर काठको पुल बनाए”, स्थानीयवासीले भने, “गाह्रोसँग त्यही पुलबाट आवतजावत गरेका छन् । यो पनि जेठसम्मका लागि मात्रै हो । खोला बढेपछि पुल बगाउँछ ।”

जिल्लाका सबै योजनाको अनुगमन गर्ने अधिकार पाएको जिल्ला समन्वय समितिका प्रमुख यज्ञप्रसाद घलेले कम्पनीले ठेक्कामात्रै ओगटेर काम नगरेको बताए । ठेकेदारविरुद्ध पटक-पटक उजुरी गर्दा पनि कारबाही नभएको उनको भनाइ छ । ठेकेदार कम्पनीले समयमा काम नगरेपछि मनाङवासीले पटक-पटक अख्तियारका प्रतिनिधिलाई खबरसमेत गरेका थिए । निर्माण कम्पनी क्याराभानका फिल्ड इञ्जीनियर प्रशान्त तामाङले मौसम र बाटोका कारण समयमा काम गर्न नसकेको बताए । रासस

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलबार  ९ : ४२ बजे

रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक

वेस्ट इन्डिज ए सँग नेपालको लगातार तेस्रो हार

काठमाडौं । नेपाल वेस्ट इन्डिज ए सँग लगातार तेस्रो खेलमा

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

काठमाडौं । ‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका

बर्दिया एमाले अध्यक्षमा शालिकराम अधिकारी प्यानल सहित विजयी

बर्दिया । नेकपा एमाले बर्दियाको अध्यक्षमा एमाले उपाध्यक्ष विष्णु पौडेल

वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए ले नेपाललाई २१० रनको लक्ष्य