३ पुस २०८२, बिहिबार | December 19, 2025

रुसमाथि प्रतिबन्ध लगाउन अमेरिकासँग युक्रेनको माग



न्युयोर्क । युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले रसियामाथि तत्काल प्रतिबन्ध लगाउन माग गरेका छन् । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिनकेनसँग उनले यस्तो माग गरेका हुन् ।

रुसले युक्रेनको विखन्डनकारीले नियन्त्रणमा लिएको दुई ओटा क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिँदै त्यहाँ ‘शान्ति सेना’ पठाउने घोषणा गरेपछि विदेशमन्त्री कुलेबाले मस्कोमाथि प्रतिबन्ध लगाउनुपर्ने माग गरेका हुन् ।

‘मुख्य विषयः प्रतिबन्ध । उसका गैरकानुनी कामको प्रतिउत्तरमा रुसमाथि कडा प्रतिबन्ध लगाउने आवश्यकतामा जोड दिन्छु,’ उनले ट्विट गरेका छन् । उनी वांसिटन भ्रमणमा जाँदैछन् । यसअघि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्किीले रुसमाथि प्रतिबन्ध लगाउने संकेत गरेका थिए ।

यसअघि गएराति रुसी राष्ट्रपभि भ्लादिमिर पुटिनले युक्रेको डोनवास क्षेत्रमा रहेका लुहान्स्क र डोन्स्टेकलाई स्वतनत्र देशको मान्यता दिँदै त्यहाँ शान्तिस्थापनार्थ रुसी सेना पठाउने घोषणा गरेका थिए । झण्डै ४० लाख जनसंख्या रहेको त्यस क्षेत्रमा अधिकांश रुसी भाषी नागरिकको बसोबास रहेको छ । सन् २०१४ देखि त्यो क्षेत्र रुस समर्थक विद्रोहीहरुको नियन्त्रणमा रहेको थियो ।

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलबार  १० : ५० बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको