काठमाडौं । प्रहरीले काठमाडौंको बानेश्वरबाट ३७ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।
कल बाइपास तथा अनलाइन जुवाको धन्धा चलाएको आरोपमा प्रहरीले सोमबार राति बानेश्वरको एक ठाउँबाट ३७ चिनियाँ नागरिकलाई पक्राउ गरेको हो ।
उनीहरूले अनलाइनको माध्यमबाट जुवा खेलाउने तथा धम्क्याउने गरेको प्रहरीको आरोप छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ परेका चिनियाँ नागरिकहरूलाई अहिले महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरको हिरासतमा राखिएको छ ।



















प्रतिक्रिया