१५ बैशाख २०८३, मंगलबार | April 28, 2026

सात महिनामा नेपालको वैदेशिक व्यापार घाटा १० खर्बभन्दा माथि पुग्यो



काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो सात महिनामा नेपालको वैदेशिक व्यापार घाटा १० खर्बभन्दा माथि पुगेको छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार २०७८ साउनदेखि माघ मसान्तसम्म नेपालको कूल वैदेशिक व्यापार १२ खर्ब ७९ अर्ब १२ करोड ४ लाख ४७ हजार रुपैयाँको रहेको छ ।

चालु आर्थिक वर्षको सुरुवाती सात महिनामा नेपालले विभिन्न देशबाट ११ खर्ब ४७ अर्ब ४६ करोड ४४ लाख ३६ हजार रुपैयाँको वस्तु आयत गरेको छ ।

सोही अवधिमा नेपालले एक खर्ब ३१ अर्ब ६५ करोड ६० लाख ११ हजार रुपैयाँको वस्तु निर्यात गरेको विभागले जनाएको छ ।

अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो सात महिनामा नेपालको वैदेशिक व्यापार ४६।४३ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्ष २०७७/७८ को पहिलो सात महिनामा नेपालको कूल वैदेशिक व्यापार ८ खर्ब ७३ अर्ब ५६ करोड २ लाख ७२ हजार रुपैयाँ रहेको थियो ।

विभागका अनुसार यो वर्षको पहिलो सात महिनामा नेपालको आयत व्यापार ४२.७८ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको सुरुवाती सात महिनामा नेपालले ८ खर्ब ३ अर्ब ६४ करोड ३१ लाख ९२ हजार रुपैयाँको वस्तु आयात गरेको थियो ।

अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो सात महिनामा नेपालको निर्याता व्यापार ८८.३० प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको पहिलो साता महिनामा नेपालले ६९ अर्ब ९१ करोड ७० लाख ८० हजार रुपैयाँको वस्तु निर्यात गरेको थियो ।

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलबार  ३ : २२ बजे

बुटवलमा ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य परीक्षण अभियान सुरु

बुटवल । बुटवल उपमहानगरपालिकाले ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्थाबारे जानकारी लिन

सीमा निर्धारणमा भएको ढिलाइले बेनीमा सडक आयोजना प्रभावित

बेनी । सीमा निर्धारण नहुँदा भारत र चीन जोड्ने कालीगण्डकी

पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी सवारीसाधन फिर्ता

काठमाडौं । सरकारले राज्यको सीमित स्रोत र साधनमाथि वर्षौँदेखि हुँदै

अध्यादेशमार्फत शासन चलाउन खोजिएको भन्दै कांग्रेसको आपत्ति, ‘शक्ति केन्द्रीकरणको खतरनाक संकेत’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद् स्थगित गरेर

बाँकेको नरैनापुरमा आगलागी, १५ घर/गोठ जले

नेपालगन्ज । बाँकेको नरैनापुरमा भीषण आगलागी भएको छ । नरैनापुर