७ असार २०८३, आइतबार | June 21, 2026

पहिलो महिनामै व्यापार घाटा १ खर्ब १९ अर्ब नाघ्यो, निर्यातमा ९५ प्रतिशत वृद्धि



काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामा मुलुकको व्यापार घाटा १ खर्ब १९ अर्ब ११ करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विवरणअनुसार कूल वस्तु व्यापार घाटा दुई दशमलव पाँच प्रतिशतले बढेको हो ।

अघिल्लो वर्षको सोही अवधिमा व्यापार घाटा शून्य दशमलव चार प्रतिशतले मात्र बढेको थियो । यो आवको साउन महिनामा कूल वस्तु आयात ११ दशमलव चार प्रतिशतले बढेर १ खर्ब ४३ अर्ब ४ करोड रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा आयातमा शून्य दशमलव छ प्रतिशतले कमी आएको थियो ।

मूलत: भारत, चीन र अन्य मुलुकबाट आयात क्रमशः सात दशमलव पाँच प्रतिशत, १४ दशमलव एक प्रतिशत र २० दशमलव पाँच प्रतिशतले बढेको छ । वस्तुगत आधारमा भटमासको कच्चा तेल, यातायातका उपकरण, सवारीसाधन तथा पार्टस्, चामल/धान, कोइला, रासायनिक मलजस्ता वस्तुको आयात बढेको छ भने हट रोल्ड सिट इन क्वाइल, खाने तेल, पेट्रोलियम पदार्थ, अन्य मेसिनरी तथा पार्टस्, तेलहन आदिको आयात घटेको छ ।

यस अवधिमा निर्यातआयात अनुपात १६ दशमलव सात प्रतिशत पुगेको छ । अघिल्लो वर्षमा यो अनुपात नौ दशमलव पाँच प्रतिशत मात्र थियो ।

त्यस्तै, चालु आवको पहिलो महिनामा कूल वस्तु निर्यात ९५ दशमलव सात प्रतिशतले बढेर २३ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा निर्यातमा नौ दशमलव छ प्रतिशतले कमी आएको थियो ।

गन्तव्यगत हिसाबमा भारततर्फको निर्यात १५६ दशमलव सात प्रतिशतले बढेको छ भने चीन र अन्य मुलुकतर्फ क्रमशः ६५ दशमलव दुई प्रतिशत र एक दशमलव चार प्रतिशतले घटेको छ ।

वस्तुगत आधारमा भटमासको तेल, पाम तेल, पोलिस्टर धागो, अलैँची, जुटका सामानको निर्यात बढेको छ भने जिङ्क सिट, पार्टिकल बोर्ड, ऊनी गलैँचा, पिना, चियालगायतको निर्यात घटेको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : ३१ भदौ २०८२, मंगलबार  ८ : ५३ बजे

जनमत जोगाउँदै सुशासन र आन्तरिक लोकतन्त्र सुदृढ गर्न रास्वपालाई नेताहरुको आग्रह

नारायणगढ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनमा शुभकामना

कमजोर बन्दै सरकारी अस्पताल, संघीय अस्पतालका उपकरणमा धमाधम समस्या

काठमाडौँ । बालेन्द्र शाहको नेतृत्वमा सरकार बनेसँगै सरकारी अस्पतालहरु कमजोर

रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

काठमाडौँ । आजदेखि चितवनमा सुरु हुने राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम

बाजुरामा भएको सवारी दुर्घटनामा २३ जना घाइते

बाजुरा । साँफे–मार्तडी राजमार्गअन्तर्गत बुढीगङ्गा नगरपालिका–१० रिठा बजार नजिक आज

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको