९ फाल्गुन २०८२, शनिबार | February 21, 2026

गृहमन्त्रालयको आदेश : एमसीसीको विरोधमा हिंसात्मक गतिविधि नगर्नू



काठमाडौं । सरकारले एमसीसी विरोधी प्रदर्शनका क्रममा हिंसात्मक गतिविधि नगर्न भनेको छ । गृह मन्त्रालयले आज साँझ एक विज्ञप्ति जारी गर्दै फागुन ८ गते भएका प्रदर्शनका क्रममा सांसदहरूलाई संसद भवनमा आउन नदिने, पूर्वप्रधानमन्त्री चढेको गाढीमा ढुंगा हान्ने हर्कत भएको उल्लेख गर्दै घटनाको छानबिन भइरहेको जनाएको छ ।

‘यस्ता हिंसात्मक कार्यहरूप्रति नेपाल सरकार भर्त्सना गर्दछ र त्यस्ता घटनामा संलग्न व्यक्तिहरू छानबिनको क्रममा रहेका छन् । साथै, यस्ता प्रकृतिका घटनाको नेपाल सरकार गम्भीरतापूर्वक निगरानी गरिरहेको छ,’ गृह प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।

गृहले सरकार नागरिकको जिउ धनको सुरक्षा गर्न तत्पर रहेको उल्लेख गर्दै प्रदर्शनका क्रममा सुरक्षाकर्मीले उच्च संयमता अपनाइएको बताएको छ । मन्त्रालयले सार्वजनिक तथा निजी सम्पत्ति नाश गर्ने काम नगर्न भनेको छ ।

‘आन्दोलनका नाममा सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड गर्ने र हिंसाजन्य गतिविधिबाट नागरिकको स्वतन्त्रतापूर्वक जिउने हकमा बाधा पुर्‍याउने कार्य नगरिदिनु हुन नेपाल सरकार सम्बन्धित सबैमा ध्यानाकर्षण गराउँछ,’ विज्ञप्तिमा भनिएको छ।

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलबार  ६ : ४६ बजे

बुटवल ईलिटमा पुरस्कार वितरण तथा सास्कृतिक कार्यक्रम

बुटवल । बुटवलको शैक्षिक विकासमा योगदान दिएको नीजि क्षेत्रकै पुरानो

सुदूरपश्चिममा तीव्र गतिको मोटरसाइकल दुर्घटना हुँदा तीनजनाको मृत्यु

सुदूरपश्चिम । धनगढी-डडेल्धुरा (भीमदत्त) राजमार्गअन्तर्गत कैलाली अत्तरियास्थित वनदेवी सडकखण्डमा शुक्रबार

नेपाल पत्रकार महासंघ रुपन्देहीको अपिल : निर्वाचनमा पत्रकारलाई भयरहित वातावरण सुनिश्चित गरियोस्

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीले भय रहित बातावरणमा आसन्न

घरदैलोसंगै प्रविधिमैत्री चुनावी प्रचारमा रुपन्देहीका सुरज पाण्डे

बुटवल । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिरहदा उम्मेदवारहरु घरदैलोमा व्यस्त छन

कैलालीका चार स्थानमा अस्थायी मतदान केन्द्र निर्धारण

सुदूरपश्चिम । प्रतिनिधिसभा सदस्यको आसन्न निर्वाचनको तयारीका क्रममा कैलाली जिल्लाका