४ पुस २०८२, शुक्रबार | December 19, 2025

बुटवलमा हलिउड चलचित्र ‘द ब्याटम्यान’ को विशेष प्रदर्शन हुने



बुटवल । बुटवलमा हलिउड चलचित्र ‘द ब्याटम्यान’ को विशेष प्रदर्शन ‘फ्यान स्क्रिनिङ्ग’ गर्ने भएको छ ।

बुटवलको भाटभटेनीस्थित क्यू.एफ.एक्स सिनेमाजले हलिउड चलचित्र ‘द ब्याटम्यान’ को ‘फ्यान स्क्रिनिङ्ग’ गर्ने भएको हो ।

वार्नर ब्रोज पिक्चरर्सले उत्पादन गरेको यो चलचित्र नेपालका लागि आधिकारीक बिक्रेता एप्पल इन्टरटेन्मेन्ट प्रा.लि को सहकार्यमा फ्यानका लागि उत्सवस्वरुप विशेष प्रदर्शन गर्ने छ ।

उक्त सो मार्च ३ गते (बिहीबार) का दिन साँझ ६ बजे प्रदर्शन गरिने एप्पल इन्टरटेन्मेन्टकी कार्यकारी निर्देशक जेनिस पहारी र क्यू.एफ.एक्सको तर्फबाट फेसिलिटी म्यानेजर महेश्वर गिरीले संयुक्त रुपमा जानकारी दिएका हुन ।

उक्त विशेष प्रर्दशनमा करिब १९६ जनालाई आमन्त्रण गरिएको निर्देशक पहारीले जानकारी दिए । सोही दिनदेखि नै ‘द ब्याटम्यान’ दर्शकका लागि पनि खुल्ला रहने उनले बताइन ।

सन् २००८ को सेप्टेम्बर महिनादेखि सुरु भएको एप्पल इन्टरटेन्मेन्टले हालसम्म १ सय बढि हलिउड चलचित्रहरुलाई प्रदर्शनमा ल्याईसकेको कार्यकारी निर्देशक पहारीले बताइन् ।

केही समयअघि क्यू.एफ.एक्सबाटै प्रदर्शनमा ल्याईएको हलिउड चलचित्र ‘जुमानजी’ को सफलतापश्चात् दर्शकको सम्भावनालाई अध्ययन गरी यो चलचित्रलाई प्रदर्शनमा ल्याउन लागिएको र दर्शकको क्रेज र सन्तुष्टिलाई देखेर आफूहरु चलचित्रको सफल प्रदर्शन हुने कुरामा विश्वस्त रहेको पहारीले बताइन ।

एप्पल इन्टरटेन्मेन्ट हलिउड चलचित्र उत्पादन गर्ने कम्पनी वार्नर ब्रोजसँगै युनिभर्सल पिक्चर्स, वाल्ट डिजनी स्टूडियो, सोनी पिक्चर्स लगायत विभिन्न कम्पनीले उत्पादन गर्ने चलचित्रको नेपालका लागि आधिकारीक बिक्रेता हो ।

 

 

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलबार  ७ : ३५ बजे

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा