१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

विश्व इतिहासमा आजः रुसमा फेब्रुवरी क्रान्तिदेखि गुटेनबर्गको बाइबल प्रकाशन



काठमाडौं । आज २३ फेब्रुवरी सन् २०२२ । आज विश्व इतिहासमा केही सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रम:

प्लुटोनियमको पहिचान

सन् १९४१ मा ग्लेन टी सिवर्ग र उनको समूहले प्लुटोनियोम पहिचान गरेको थियो । रेडियोधर्मी यस तत्वले परमाणु इन्धन वा आणविक हतियारको रूपमा महत्त्वपूर्ण भूमिका खेल्छ ।

रुसमा फेब्रुवरी क्रान्ति

सन् १९१७ मा रुसमा फेब्रुवरी क्रान्ति सुरु भएको थियो । देशव्यापाी प्रदर्शन र सशस्त्र झडपहरूले अन्ततः रुसी साम्राज्यको अन्त्य भएको थियो ।

गुटेनवर्गको बाइबल

सन् १९४५ मा गुटेनवर्गको बाइबल प्रकाशित भएको थियो । गुटेनबर्गको बाइबल संस्करण मुभेबल टाइपमा छापिएको पहिलो पुस्तक थियो । योसँगै पश्चिमा देशमा छपाइ पुस्तकको युग सुरु भएको थियो ।

पोलियोविरुद्ध खोप

सन् १९५४ मा पोलियोविरुद्ध पहिलो पटक आमरुपमा खोप लगाइएको थियो । भाइरोलोजिस्ट जोनास साल्कले विकसित गरेको सो खोप हिलारी कोप्रोस्कीको पोलियो खोपसँगै अहिले पनि प्रयोग हुने दुई भर्सनमध्ये मध्ये एक हो ।

आइएसओको सुरुवात

सन् १९४७ मा इन्टरनेशनल अर्गनाइजेसन फर स्ट्यान्डर्डाइजेसन (आइएसओ) ले काम सुरु गरेको थियो । आइएसओले साइकलको टायर देखि मिति ढाँचा सम्म सबै मापदण्डहरू जारी गर्दछ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७८, बुधबार  ७ : १८ बजे

भारतमा ट्याक्सी दुर्घटना हुँदा दशको मृत्यु

भारत । भारतको जम्मु र श्रीनगर राष्ट्रिय राजमार्गमा पर्ने गहिरो

राष्ट्रपति पौडेलद्वारा अनुगमन तथा मुल्यांकन विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अनुगमन तथा मुल्यांकन गर्न बनेको

आयरल्याण्ड वोल्भ्सले नेपाल ‘ए’ लाई दियो २२३ रनको लक्ष्य

काठमाडौं । आयरल्याण्ड वोल्भ्सले नेपाल ‘ए’ लाई २२३ रनको लक्ष्य

आगामी नीति तथा कार्यक्रम र बजेट जनमुखी हुन्छ : प्रधानमन्त्री प्रचण्ड

हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु

सुर्खेत । कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने उद्देश्यले निर्माण कार्य