१८ माघ २०८२, आइतबार | February 2, 2026

साढे ४ वर्ष जनप्रतिनिधिलाई अवसरसंगै चुनौती



बुटवल । जनप्रतिनिधिहरुलाई साढे ४ वर्षको समय नया अनुभवसंगै चुनौतीहरु देखापरेको सरोकारवाला जनप्रतिनिधिहरुले बताएका छन । नेपाल नगरपालिका संघ लुम्बिनी प्रदेशको आयोजनामा रुपन्देहीमा सम्पन्न सामुदायिक मेलमिलाप, अभ्यास र अनुभवहरु विषयक अन्तर नगरपालिका सिकाई कार्यशालामा सहभागी स्थानिय तहका जनप्रतिनिधिहरुले संघियतासंगै स्थानिय पालिकामा निर्वाचित भएर स्थानिय सरकारको रुपमा काम गर्ने अवसरसंगै धेरै चुनौतीहरु सामना गर्नुपरेको बताए ।

कार्यशालामा संविधानविद काशीराज दाहालले संघियता घोषणासंगै ३ तहको सरकारको कार्यान्वन अघि बढ्नु सुन्दर पक्ष भएको दाबी गरे । उनले लामोसमयसम्म राजनीतिक अस्थिरताका कारण आवश्यक कानुन बन्न नसक्दा जनताको चाहना गरे अनुसारको उपलब्धिहरु हासिल नहुनु दुखद भएको बताए । स्थानिय सरकार जनताको सबैभन्दा नजिकको पिरमर्का बुझने सरकार भएको भन्दै उनिहरु धेरै संवेदशिल भएर कार्यसम्पादन गर्नुपर्ने उनले बताए । न्यायिक समितिको नया अनुभवले जनप्रतिनिधिहरुलाई परिपक्व बनाउन मद्दत मिलेको उनको जिकिर छ ।

कार्यक्रममा नेपाल नगरपालिका संघका कार्यकारी निर्देशक कलानिधि देबकोटाले स्थानिय निर्वाचनको घोषणा भैसकेको वर्तमान अवस्थामा जनप्रतिनिधिहरुको क्षमता अभिवृद्धि गर्न र गरिरहेका कामलाई दस्तावेजिकरण र अभिलेखिकरण गर्न कार्यशाला सहयोग सिद्ध हुने अपेक्षा गरे ।

कार्यशालामा रुपन्देही जिल्लाका नगरपालिकाका सहभागी न्यायिक समितिका संयोजक, सदस्य र सहजकर्ताहरुले साना तिना झैझगडा र मुद्दाहरुलाई निरुपण गर्ने र सकेसम्म अदालतमा झैझगडा र मुद्दाहरुलाई घटाउने उद्देश्यका साथ गठन गरिएको न्यायिक समितिको अनुभव समेत आदानप्रदान गरेका थिए ।

कार्यशालामा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदीले समाज रुपान्तरणमा जनप्रतिनिधिहरुको भुमिका महत्वपूर्ण रहने बताए ।

बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेबी आचार्य, तिलोत्तमा नगरपालिकाका उपप्रमुख जागेश्वरी चौधरीले न्यायिक समितिमार्फत आईपरेको समस्या र समाधानका अनुभवहरु सुनाएका थिए । कार्यशालामा रुपन्देही जिल्लाका नगरपालिकाका जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ११ फाल्गुन २०७८, बुधबार  २ : ४१ बजे

खुल्यो जमुनाहा नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवागमन

नेपालगन्ज । जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवतजावत सुरु

ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ । दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

खुम्च्यो स्वास्थ्य बीमाको सेवा, ओपीडी सेवामा वर्षमा २५ हजार मात्र भुक्तानी हुने

काठमाडौं । स्वास्थ्य बीमा गरेका परिवारले पाउँदै आएको बीमा सेवालाई

भोटाहिटीस्थित साइबर ब्युरोको भवन महानगरलाई दिने गृह मन्त्रालयको निर्णय

काठमाडौं । गृह मन्त्रालयले काठमाडौं महानगरपालिका-२७ भोटाहिटीमा नेपाल प्रहरीको साइबर

पत्रकार दिनेश सिटौलाको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौं । उपचारका क्रममा आइतबार मध्याह्न काठमाडौंको ग्रान्डी अस्पतालमा निधन