१५ बैशाख २०८३, मंगलबार | April 28, 2026

शाइन रेसुंगा डेभलपमेन्ट बैंक १४ औं वर्षमा : शाइन आर्थिक पत्रकारिता पुरस्कार पत्रकार भुसाललाई



बुटवल । शाइन रेसुंगा डेभलपमेन्ट बैंक लि. ले शाइन आर्थिक पत्रकारिता पुरस्कार–२०७८ पत्रकार यमलाल भुसाललाई प्रदान गरेको छ । बैंकको १४औं वर्ष प्रवेशको अवसरमा बैंकको केन्द्रीय कार्यालय बुटवलमा बुधबार आयोजित कार्यक्रममा पत्रकार भुसाललाई ५१ हजार नगद सहित पुरस्कृत गरेको हो । बैंकका अध्यक्ष थानेश्वर पौडेल, बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेल, लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थी, पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले भुसाललाई संयुक्तरुपमा पुरस्कार प्रदान गरेका थिए ।

यसैबीच बैंकले शाइन आर्थिक पत्रकारिता पुरस्कारका लागि पांच लाख रुपैयांको अक्षयकोष स्थापना गरेको छ । नेपाल पत्रकार महासंघ रुपन्देहीसंगको सहकार्यमा बैंकले यसअघि ३ लाख रुपैयाको अक्षयकोषमा २ लाख थप गरेर ५ लाख बनाएको हो । उक्त अक्षयकोषको ब्याजबाट प्रत्येक वर्ष एक जना पत्रकारलाई ५१ हजार रुपैयां राशीको शाइन आर्थिक पत्रकारिता पुरस्कार वितरण गर्दै जाने बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले बताए ।

सो अवसरमा बोल्दै नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले रुपन्देहीमा यो नै सबैभन्दा ठूला नगद राशीको पत्रकारिता पुरस्कार भएको उल्लेख गर्दै बैंकले सामाजिक उत्तरदायित्वका क्षेत्रमा समेत उल्लेख्य काम गरेको बताए ।

एनिभसैरीकै अवसरमा बैंकले आईटी विभागका प्रितेश सिंहलाई शाइन इन्नोभेसन अवार्ड, शंकरनगर शाखालाई शहरी क्षेत्रको उत्कृष्ट शाखा र प्युठानको भिङग्री शाखालाई ग्रामीण क्षेत्रको उत्कृष्ट शाखाका रुपमा पुरस्कृत गरेको छ ।

कार्यक्रममा बोल्दै बैंकका अध्यक्ष थानेश्वर पौडेलले २०६५ साल फागुन ११ गते तीन जिल्ला कार्यक्षेत्रसहित शुरु भएको बैंकको हाल जारी पँुजी ५ अर्ब, चुक्ता पूँजी ३ अर्व ७८ करोड, लुम्बिनी प्रदेशका रोल्पा र रुकुम बाहेक १० जिल्लामा ७१ वटा शाखा कार्यालय र एउटा एक्सटेन्सन कार्यालयसहित कूल ८३ वटा शाखा कार्यालय र ७ वटा एटिएम सञ्चालनमा रहेका जानकारी गराए ।

बैंकले पुस मसान्तसम्म ४१ अर्ब १६ करोड निक्षेप संकलन गरी ३७ अर्ब ३२ करोड कर्जा प्रवाह गरेको र ५ लाख भन्दा बढी ग्राहकहरु रहेका अध्यक्ष पौडेलले जानकारी गराए । बैंकले २०७८ पौष मसान्त सम्ममा कृषि क्षेत्रमा ७.८५ प्रतिशत, पयर्टन क्षेत्रमा १४.०६ प्रतिशत र लघु, घरेलु तथा साना उद्यम÷ब्यवसाय क्षेत्रमा ९.८४ प्रतिशत गरी प्राथमिकताप्राप्त क्षेत्रमा कूल कर्जाको ३१.७५ प्रतिशत लगानी गरेको पौडेलले जानकारी गराए ।

समाजसंगै बैंक भन्ने अभियान अन्तर्गत बैंकले संस्थागत सामाजिक क्षेत्र अन्तर्गत दुर्घटना न्यूनीकरण, सरसफाई तथा वातावरणको संरक्षण, शैक्षिक क्षेत्र, वित्तीय जागरण, दन्त स्वास्थ्य उपचार शिविर लगायतका क्षेत्रहरुमा काम गरेको अध्यक्ष पौडेलले बताए ।

बैंकले नगदरहित कारोबारलाई प्रोत्साहन गर्न चालु आ.व. मा बैंकको शाखा कार्यालयहरु सञ्चालनमा रहेका बिभिन्न जिल्लामा सञ्चालित २६ वटा शैक्षिक संस्थामा डिजिटल बैंकिङ्ग साक्षरता कार्यक्रम सञ्चालन गरेको र आगामी आर्थिक बर्षमा १४ वटा सरकारी बिद्यालयहरुलाई डिजिटलमैत्री बनाउन डिजिटल बैंकिङ्ग सम्बन्धी साक्षरता अभियान सञ्चालन गर्ने अध्यक्ष पौडेलले बताए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत पौडेलले इथिकल बैंकिङलाई केन्द्रमा राखेर लुम्बिनी प्रदेशको आर्थिक विकास र समृद्धिका लागि दरिलो खम्बाको रुपमा प्रदेशको पहिलो रोजाईको बैंक बनाउन अग्रसर रहेको बताए ।

 

प्रकाशित मिति : ११ फाल्गुन २०७८, बुधबार  ७ : ०२ बजे

सीमा निर्धारणमा भएको ढिलाइले बेनीमा सडक आयोजना प्रभावित

बेनी । सीमा निर्धारण नहुँदा भारत र चीन जोड्ने कालीगण्डकी

पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी सवारीसाधन फिर्ता

काठमाडौं । सरकारले राज्यको सीमित स्रोत र साधनमाथि वर्षौँदेखि हुँदै

अध्यादेशमार्फत शासन चलाउन खोजिएको भन्दै कांग्रेसको आपत्ति, ‘शक्ति केन्द्रीकरणको खतरनाक संकेत’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद् स्थगित गरेर

बाँकेको नरैनापुरमा आगलागी, १५ घर/गोठ जले

नेपालगन्ज । बाँकेको नरैनापुरमा भीषण आगलागी भएको छ । नरैनापुर

एमसिए-नेपाल अन्तर्गतको धानखोला-लमही सडक एफडीआर प्रविधिबाट स्तरोन्नति हुँदै

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जनअपेक्षा अनुसार सडक