१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

विशेष अदालतको अध्यक्ष र सदस्यका लागि न्याय परिषदद्वारा ६ न्यायाधीशको नाम सिफारिस



काठमाडौं । विशेष अदालतको अध्यक्ष र सदस्यका लागि न्यायाधीशहरुको नाम सिफारिस गरिएको छ ।

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षमा बुधबार बसेको न्याय परिषद्‌को बैठकले विशेष अदालतको अध्यक्ष र सदस्यका लागि न्यायाधीशहरुको नाम सिफारिस गरेको हो ।

परिषद्‌को बैठकले विशेष अदालतको अध्यक्षका उच्च अदालत पाटनमा दरबन्दी भइ हाल उच्च अदालत पोखराको बागलुङ इजलासमा रहेका न्यायाधीश श्रीकान्त पौडेललाई नियुक्त गर्न सिफारिस गरिएको छ ।

यस्तै, सदस्यका लागि उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासका न्यायाधीश रमेशकुमार पोखरेल, उच्च अदालत विराटनगरका न्यायाधीश यमुना भट्टराई, उच्च अदालत पोखराको बागलुङ इजलासका न्यायाधीश शालिग्राम कोइराला, उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश बलभद्र बास्तोला र उच्च अदालत पाटनका न्यायाधीश खुसी प्रसाद थारुको नाम सिफारिस गरिएको छ ।

गत साउन १ गते विशेष अदालतका अध्यक्षसहित ४ जना न्यायाधीशको सरुवा भएसँगै विशेष अदालत खाली भएको थियो ।

प्रकाशित मिति : ११ फाल्गुन २०७८, बुधबार  ८ : १३ बजे

साताको अन्तिम दिन दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक 

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज

धार्मिक सहिष्णुता र राष्ट्रिय एकताका पक्षमा उभिन धार्मिक समुदायका अगुवाको अपिल

काठमाडौं । विभिन्न धार्मिक समुदायका अगुवाहरूले शान्ति, सद्भाव, धार्मिक सहिष्णुता,

सरकार संघीयताप्रति प्रतिबद्ध छ, हिन्दू राष्ट्र र राजतन्त्रको पक्षमा छैनौँ : प्रधानमन्त्री बालेन्द्र

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले संघीयताप्रति सरकार पूर्ण रूपमा प्रतिबद्ध

शनिबार बिहान नेपालगन्जमा सद्भाव र्याली गरिने

नेपालगन्ज । सामाजिक सद्भाव र धार्मिक सहिष्णुताको कामना सहित नेपालगन्जमा

नेपाल सुनचाँदी व्यवसायी महासंघको १३ र १४ औँ वार्षिक साधारणसभा भोलि बुटवलमा हुँदै

बुटवल । ‘व्यावसायिक एकता, व्यवसायमा पारदर्शिता : महासंघको प्रतिबद्धता’ भन्ने