७ आश्विन २०८३, बुधबार | September 23, 2026

संसदमा एमसीसीमाथि छलफल गरियोस् भन्ने प्रस्ताव राख्नु पर्ने अर्थमन्त्री शर्मा काठमाडौं छाडेर पर्वत पुगे



काठमाडौं । बिहीबार प्रतिनिधि सभाको बैठकमा एमसीसीका विषयमा छलफलको सम्भावित कार्यसूची सार्वजनिक भए लगत्तै एमसीसीका प्रस्तावक बन्नु पर्ने अर्थमन्त्री जनार्दन शर्माले काठमाडौं छाडेका छन् । एमसीसीका विषयमा छलफल गरियोस भन्ने प्रस्ताव संसदमा पेश गर्ने जिम्मेवारीमा रहेका अर्थमन्त्री शर्मा सूची प्रकाशित भएसँग काठमाडौं छाडेर पर्वत पुगेका छन् । आइतबार सरकारले एमसीसी टेबल गर्दा पनि अर्थमन्त्री उपस्थित नभएपछि सरकारका प्रवक्ता समेत रहेका स१चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले टेवल गरेका थिए । एमसीसीका विषयमा छलफलका लागि भोलि बिहिबारको बैठक तय भएको छ ।

बिहिबार संसद बैठकका दुई सम्भावित कार्यसूची मध्ये एक कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र बढुले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस गर्ने र दोस्रोमा एमसीसी सम्झौताबारेको छलफल गर्ने रहेको छ ।

जसलाई संसद बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेस गर्ने सम्भावित कार्यसूचीमा जनाइएको छ ।

संसद सचिवालयले जारी गरेको सम्भावित कार्यसूची अनुसार भोलिको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी) बीच भएको अनुदान सहायता सम्झौतामाथि सामान्य छलफल गरियोस् भनि प्रस्ताव प्रस्तुत गर्ने उल्लेख छ ।

भोलि एमसीसीका बारेमा उठेका प्रश्नहरुको बारेमा जवाफ दिनु पर्ने भएपछि त्यसलाई छल्नका लागि अर्थमन्त्री सामान्य कार्यक्रममा सहभागी हुन उपत्यका बाहिर पर्वतको कुश्मा पुगेका छन् ।

सर्वाधिक चासो रहेको एमसीसीबारे संसदमा बहस हुँदा सम्झौताको एक पक्ष अर्थमन्त्रालय र त्यसका विभागीय मन्त्री बैठकमा सहभागी नहुने देखिएको छ । उनी एमसीसीबारेको प्रस्ताव पेस गर्नु पर्ने भएपछि त्यसलाई छल्नका लागि उपत्यका बाहिर गएको चर्चा चलिरहेको छ । शर्मा पर्वत उधोग वाणिज्य संघको भोलि हुने साधरणसभामा सहभागी हुन कुश्मा पुगेका छन् ।

उनको दलले एमसीसी पास गर्न नसकिने निर्णय गरेको छ भने एकीकृत समाजवादीले पनि त्यस्तै निर्णय गरेको छ । तर प्रधानमन्त्री भने गठबन्धन तोडेर भए पनि एमसीसी पास गर्ने पक्षमा रहेको बालुवाटार निकट स्रोतको भनाइ छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७८, बुधबार  ११ : ०६ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई