१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

तुलसीपुरको एक पसलमा आगलागी हुँदा लाखौँको क्षति



दाङ । तुलसीपुर उपमहानगरपालिका-७ को पर्सेनीको एक पसलमा आज बिहान आगलागी हुँदा लाखौँ मूल्यका सामान जलेर नष्ट भएका छन् ।

बिहान करिब ३ स् ३० बजे स्थानीय सुमित्रा वलीको रिमा किराना पसलमा विद्युत् सर्ट भई आगलागी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख श्यामु अर्यालले जानकारी दिए । आगलागीको खबर पाएलगत्तै सुरक्षकर्मी, स्थानीयवासी घटनास्थलमा पुगेपछि अन्य घरमा थप क्षति हुनबाट जोगिएका छन् ।

उपमहानगरपालिकाको दमकलको सहायताले आगो नियन्त्रणमा आएको बताइएको छ । क्षतिको यकीन विवरण आउन नसकेको भए पनि प्रारम्भिक अनुमानअनुसार रु १८ लाख मूल्य बराबरको सामानमा क्षति पुगेको पीडितले बताएको प्रहरीले जनाएको छ । पसलकै घरमा जडान गरिएको बिजुलीको तार सर्ट भएर आगो लागेको बताइएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहिबार  ९ : ३३ बजे

चार महिनामा विपद्का तीन हजार ९५१ घटना, १९३ जनाको मृत्यु

काठमाडौं । गत वैशाख १ देखि यही साउन १४ गतेसम्म

व्यावसायिक अधिकार बेच्ने फिफाको योजनाप्रति युइएफएको आपत्ति, विश्वकप बहिष्कारको चेतावनी

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आफ्ना प्रतियोगिताको स्वामित्वको

राजविराजका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

जनकपुरधाम । सप्तरीको सदरमुकाम राजविराज नगरपालिकाका विभिन्न क्षेत्रमा आज बिहान

ब्रोड पिकमा हिमपहिरोपछि निर्मल पुर्जासहित १० आरोही सम्पर्कविहीन, उद्धार अभियान तीव्र

काठमाडौं । पाकिस्तानको काराकोरम पर्वत शृंखलामा रहेको ८,०४७ मिटर अग्लो

राष्ट्रियसभा बैठकमा गृहमन्त्री गुरुङले जवाफ दिँदै

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज अपराह्न १ः१५ बजे