९ फाल्गुन २०८२, शनिबार | February 21, 2026

चितवनका अस्पतालमा ५० प्रतिशत बिरामी रिफरका



चितवन । ‘स्वस्थ नगरी’ चितवनका ठूला मेडिकल कलेजमा उपचार गर्न आउने बिरामीमध्ये ५० प्रतिशत रिफर भएर आउने गरेका छन् । जिल्लाभित्र र बाहिरी जिल्लाबाट ठूलो सङ्ख्यामा बिरामी रिफर भएर आउने गरेका हुन् । आधुनिक उपकरण र विशेषज्ञ चिकित्सक पर्याप्त हुँदा उपचारका लागि रिफर भएर आउनेको सङ्ख्या बढ्दै गएको छ ।

चितवन मेडिकल कलेजका निर्देशक डा दयाराम लम्साल अस्पतालमा आउने बिरामीमध्ये ५० प्रतिशत अन्य अस्पतालबाट रिफर भएर आउने गरेको बताउँछन् । । उनका अनुसार एक दर्जन विशिष्टकृत सेवासहित सबै खाले रोगको उपचार हुने भएपछि अन्य अस्पतालबाट रिफर भएर आउने गरेको उनको भनाइ छ । देशैभर र भारतबाट समेत बिरामी आउने गरेको उहाँको भनाइ छ । उनले भने, “अहिले अस्पतालमा दैनिक एक हजार २०० हाराहारी बिरामी बहिरङ्ग सेवामा आउँछन्, तीमध्ये आधा अन्यत्रबाट रिफर भएर आएका हुन् ।”

अस्पतालमा ४५ प्रतिशत हाराहारी बिरामी चितवनका आउँछन् भने बाँकी अन्य जिल्लाका हुन् । यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा भारतदेखि उपचारका लागि आउने बिरामीसमेत मेडिकल कलेजमा आउने गरेको लम्सालको भनाइ छ । स्वास्थ्य बीमाको पहिलो बिन्दु सरकारी अस्पताल हुने भएकाले त्यहाँबाट थप उपचारका लागि रिफर भएर आउनेको सङ्ख्या ठूलो हुने गरेको लम्सालले जानकारी दिए। राजधानी बाहिर अन्यत्र नभएका सेवा आफ्नो मेडिकल कलेजमा हुँदा रिफरल बिरामी बढी आउने गरेको लम्साल बताउँछन् ।

अस्पतालमा १८ जनाभन्दा बढी डिएम/एमसिएच गरेका विशेषज्ञ चिकित्सक रहेको उनको भनाई छ । अस्पतालमा पेडियाटिक सर्जरीमा एमसिएच गरेका चिकित्सक रहेको भन्दै उनले उपत्यका बाहिर यो सेवा अन्यत्र नरहेको दाबी गरे । इन्टरभेन्सन रेडियोलोजी सेवा अस्पतालमा रहेका छन् । रेडियोलोजीका माध्यमबाट रोग पहिचान र उपचार गर्ने उनले जानकारी दिए ।

यस्तै न्यूक्लियर मेडिसिन, कलेजो र कपाल प्रत्यारोपण, थोरासिक एण्ड भास्कुलर सर्जरी, न्यूरो सर्जरी, मुटु, बाँझोपन निवारण र कृत्रिम गर्भाधान, ट्रमा सेन्टर, म्याग्जिलोफेसियर सर्जरी, ग्यास्ट्रोजस्ता डिएम र एमसिएच चिकित्सकसहितको सेवा अस्पतालमा रहेको छ । क्रिटिकल केयरमा नेपालमै अग्रणी रहेको लम्सालको दाबी छ । उनले भने, “यो सेवाका लागि देशैभरबाट बिरामी आउने गरेका छन् ।” कोभिडको महामारीसँगै यहाँको क्रिटिकल केयरको सेवा देशैभर परिचित रहेको उनको भनाइ छ ।

अस्पतालमा विभाग मजबुद भएसँगै चिकित्सा शिक्षा आयोगले डिएम र एमसिएचमा चार वटा कोटासमेत दिएको छ । कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिश्चन्द्र न्यौपानेका अनुसार ग्यास्ट्रो इन्टरलोजी मेडिसिन, जिआई सर्जरी, क्रिटिकल केयर मेडिकल र कार्डियोलोजीमा अध्ययन अध्यापन हुने गरेको छ । उनले भने, “उपचार सेवासँगै अध्ययनको सुविधा भएका कारण सेवा झनै प्रभावकारी छ ।” अस्पतालमा २५० भन्दा बढी विशेषज्ञ चिकित्सक रहेको भन्दै उनले यहाँ आएपछि सबै खाले उपचार हुुने भएकाले धेरै रिफर भएर आउने गरेको बताए ।

एकै व्यक्तिलाई फरक फरक समस्या हुँदा अन्यत्र धाउन नपर्ने भएकाले मेडिकल कलेज रिफरलको रुपमा विकास हुँदै गएको न्यौपाने बताउनुहुन्छ । उनले भने, “हामीले मेडिकल कलेजमा जनशक्ति र उपकरणमा ठूलो लगानी गरेका छौँ, त्यसको प्रतिफल देखिन थालेको छ ।” यस कलेजमा त्रिविबाट सम्बन्धत प्राप्त आठ वटा स्नातक कार्यक्रम, स्नातकोत्तरमा २१ र सिटिइभिटीका चार कार्यक्रम रहेका छन् । सबै विभागमा गरेर एक हजार ४०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । -रासस

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहिबार  १० : ०७ बजे

सुनसरीमा कांग्रेस र रास्वपा कार्यकर्ताबीच झडप

विराटनगर । सुनसरीको भोक्राहा नरसिङ गाउँपालिका–४ मा चुनावी कार्यक्रमलाई लिएर

धनीराम चौधरी राप्रपामा प्रवेश, रुपन्देही-१ मा चुनावी समीकरण प्रभावित हुने अपेक्षा

बुटवल । रुपन्देही क्षेत्र नम्बर-१ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को

निष्पक्ष र शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गराउन प्रधानमन्त्रीको निर्देशन

लुम्बिनी । प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष

दुई समुदायबीच तनाव चर्किएपछि रौतहटको गौरमा अनिश्चितकालीन कर्फ्यु

रौतहट । जिल्ला प्रशासन कार्यालय रौतहटले सदरमुकाम गौरका विभिन्न क्षेत्रमा

केपी ओलीको आरोप – ‘रास्वपा चुनाव भाँड्ने दिशामा लाग्यो’

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र