६ भदौ २०८३, शनिबार | August 22, 2026

संसदमा एमसीसीमाथि छलफल सुरु हुनुअघि प्रचण्ड-माधवबीच छलफल



काठमाडौं । संसदमा एमसीसीबारे सैद्धान्तिक छलफल हुनुअघि सत्ता गठबन्धनमा रहेका दुई कम्युनिष्ट पार्टीका शीर्ष नेताबीच छलफल भएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच सिंहदरबारमा छलफल भएको हो । छलफलमा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पनि सहभागी भका छन् ।

एमसीसीमाथि आजै दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा सैद्धान्तिक छलफल सुरु हुँदैछ । एमसीसीको पक्षमा मतदान गर्न सत्ताको नेतृत्व गरेको नेपाली कांग्रेसले माओवादी र एकीकृत समाजवादीलाई दबाब दिइरहेको छ ।

यद्यपी, आजको दिनसम्म पनि यी दुवै पार्टीले आफ्नो पूर्ववत निर्णयअनुसार एमसीसीको विपक्षमा मतदान गर्ने बताउँदै आएका छन् । छलफलमा सत्ता गठबन्धनको भविष्यलाई लिएर छलफल भएको बताइएको छ । एमसीसी निर्णायार्थ पेश गर्दा कसरी प्रस्तुत हुने भन्ने विषयमा दुवै पार्टीले समान धारणा बनाउन खोजिरहेका छन् ।

दुवै पार्टीले एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरे कांग्रेसले गठबन्धन तोडेर एमालेसँग सहकार्य गर्ने रणनीति बनाएको छ ।

एमसीसीको विरोधमा माओवादी र एकीकृत समाजवादीका जनवर्गीय संगठनहरु सडक आन्दोलनमा रहेका छन् ।

 

 

 

 

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहिबार  ११ : २६ बजे

सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार जना भारतीय पक्राउ

म्याग्दी । मालिका गाउँपालिका–६ ढाँडखर्कमा सुन सफा गर्ने बाहनामा ठगी

उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कारलाई निरन्तरता दिँदै महासङ्घ रुपन्देही

बुटवल । नेपाल पत्रकार महासङ्घ रुपन्देहीको समन्वयमा उत्कृष्ट वातावरण पत्रकारिता

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सम्पन्न

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

बाँदर धपाउने क्रममा लडेर एक जनाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा आज एक जना

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

दाङ । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन गरिएको