१६ भदौ २०८३, मंगलबार | September 1, 2026

संसद भवनभित्रै प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता



काठमाडौं । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच आज (बिहीबार) संसद भवनमा भेटवार्ता भएको छ ।

प्रतिनिधिसभा बैठक स्थगित भएपछि संसद भवनमै उनीहरु छलफलमा जुटेका हुन् । सो छलफलमा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष विष्णु पौडेल तथा कांग्रेसबाट सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की र महामन्त्री गगन थापा पनि सहभागी रहेको जनाइएको छ ।

संसदमा एमसिसीबारे पास गर्ने विषयमा कसरी सहमित जुटाउने भनेर छलफल भइरहेको कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले बताइन् ।

‘एमसिसी पास गर्ने जुन विषय छ, त्यसमा कसरी सहमति जुटाउने भनेर सत्तारुढ प्रमुख दल र प्रमुख प्रतिपक्षी दलका नेताबीच छलफल भइरहेको हो,’ उनले भनिन् ।

एमसिसी टेबल भएर त्यसमाथि छलफल गरेर पारित गर्ने विषयमा उनीहरुबीच आज भएको भेटवार्तालाई राजनीतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ ।

एमालेले आफू अन्यायमा परेको भन्दै झन्डै ६ महिनादेखि संसद बैठक अवरुद्ध पार्दै आइरहेको छ । आफूले राखेको माग सम्बोधन भए एमसिसी प्रक्रियामा सहभागी हुने एमालेले जनाएँदै आएको छ ।

पार्टीले कारबाही सिफारिस गरेका माधव नेपालसहित १४ सांसदलाई कारबाही गर्नुपर्ने माग राख्दै आएको छ । अन्यथा सभामुखले मार्गप्रशस्त गर्नुपर्ने अडानमा एमालेले राख्दै आएको छ ।

आज बिहान प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पनि छलफल भएको थियो ।

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहिबार  ३ : ०३ बजे

रास्वपा सभापतिसँग नेपालका लागि चीनका राजदूतको भेटवार्ता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेसँग नेपालका लागि

पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालन

गुल्मी । अविरल वर्षासँगै आएको पहिरोका कारण अवरुद्ध बनेको गुल्मीको

डीएनए परीक्षण उपकरण र हेभी ड्रोनसहित चिनियाँ सैन्य कार्गो विमान नेपालमा

काठमाडौं । चीनले बाढी तथा प्राकृतिक विपद्का कारण प्रभावित क्षेत्रमा

बाढीग्रस्त क्षेत्रमा खर्च गर्नेगरी एक अर्ब रुपैयाँ विपद् व्यवस्थापन कोषमा निकासा

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ

जलवायु परिवर्तनका कारण विपत्ति आएकामा शङ्का छैन, प्रतिकार्य विश्वव्यापी जिम्मेवारी हो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले गत बुधबार रसुवाको भोटेकोशी नदीमा