९ फाल्गुन २०८२, शनिबार | February 21, 2026

गठबन्धन फुट्न सक्ने कांग्रेस नेता रामचन्द्र पौडेलको संकेत



काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सत्तारुढ गठबन्धनको राजनीतिक संयन्त्रका संयोजक रामचन्द्र पौडेलले सत्ता गठबन्धन फुट्न सक्ने संकेत गरेका छन् ।

बिहीबार गृह जिल्ला तनहुँ पुगेका पौडेलले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० असफल पनि बनाउने र गठबन्धन पनि कायम राख्ने सपना नदेख्न सत्तासाझेदार दललाई चेतावनी दिएका छन् ।

राष्ट्र विकासको महत्वपूर्ण बिषयमा साथ नदिएपछि गठबन्धनमा टाँसिएर बस्नुको औचित्य नभएको पौडेलको भनाइ छ ।

यस्तै, उनले एमसीसी संसदबाट अनुमोदन गराउन एमाले अध्यक्ष केपी शर्मा ओली भाग्न नमिल्ने पनि बताएका छन् । बरु नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीमा सर्मथन नजनाए पनि केपी ओली भने एमसीसीको पक्षमा रहनु पर्ने पौडेलको जोड छ ।

एमालेले एमसीसी संसदमा दर्ता गराएकोले अहिले अनुमोदन गर्ने बेला भाग्न नमिल्ने पौडेलले बताए ।

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहिबार  ४ : २८ बजे

सुनसरीमा कांग्रेस र रास्वपा कार्यकर्ताबीच झडप

विराटनगर । सुनसरीको भोक्राहा नरसिङ गाउँपालिका–४ मा चुनावी कार्यक्रमलाई लिएर

धनीराम चौधरी राप्रपामा प्रवेश, रुपन्देही-१ मा चुनावी समीकरण प्रभावित हुने अपेक्षा

बुटवल । रुपन्देही क्षेत्र नम्बर-१ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को

निष्पक्ष र शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गराउन प्रधानमन्त्रीको निर्देशन

लुम्बिनी । प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष

दुई समुदायबीच तनाव चर्किएपछि रौतहटको गौरमा अनिश्चितकालीन कर्फ्यु

रौतहट । जिल्ला प्रशासन कार्यालय रौतहटले सदरमुकाम गौरका विभिन्न क्षेत्रमा

केपी ओलीको आरोप – ‘रास्वपा चुनाव भाँड्ने दिशामा लाग्यो’

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र