३० चैत्र २०८२, सोमबार | April 13, 2026

एमालेलाई माओवादीको आग्रह : मुद्दा मिल्ने विषयमा एक ठाउँमा उभिऔं



काठमाडौं । नेकपा माओवादी केन्द्रले मुद्दा मिल्लने विषयमा एक ठाउँमा उभिन एमालेसँग प्रस्ताव गरेको छ ।

बिहीबार साँझ बानेश्वरस्थित संसद भवनमा भएको छलफलमा माओवादी केन्द्रले एमाले नेताहरुलाई विगतको समीक्षा पछि गरौं भन्दै अहिलेका लागि एक ठाउँमा उभिन प्रस्ताव गरेको हो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले र माओवादी मुद्दा मिल्ने विषयमा एक ठाउँमा आउन प्रस्ताव गरेका थिए । त्यसक्रमा उनले एमसीसीबारे एमालेले धारणा स्पष्ट पार्न पर्ने बताएका थिए ।

तर एमालेले भने छलफल जारी राख्ने बताएको थियो । एमालेले आफूहरुको माग सम्बोधन भएपछि एमसीसीबारे छलफल गर्ने बताएको एक नेताले जानकारी दिए ।

दुई पार्टीका शीर्ष नेतृत्वबीच राष्ट्रिय मुद्दा, एमसीसी र सदन सुचारू गर्नेबारे छलफल भएको प्रचण्डका सचिवालय सदस्य रमेश मल्लले जानकारी दिए ।

 

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहिबार  ७ : ०७ बजे

खाडी नाकाबन्दीले युद्ध झन् चर्किने सङ्केत

तेहरान (रासस/एएफपी) । अमेरिका र इरानबीचको तनाव नयाँ उचाइमा पुगेको

खाडी क्षेत्र तनाव चुलिँदै, वार्ता अन्योलमा

पेरिस  । मध्य पूर्वमा जारी तनाव निर्णायक मोडतर्फ उन्मुख देखिएको

घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ । आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल

सिंहदरबारभित्रका सरकारी निकायमा गुणस्तरीय इन्टरनेट सेवा सुनिश्चित गर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सङघीय सरकारको प्रमुख

आश्रम व्यवस्थापन गर्न कुरिलो खेती

नारायणगढ । भरतपुर महानगरपालिका–४ रामघाटस्थित नारायणधाम आश्रमले आश्रम व्यवस्थापनका लागि