१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

सर्वोच्चले एमाले र माओवादी ब्युँताइदिएपछि प्रचण्ड-माधव र ओली पक्ष छुट्टाछुट्टै नयाँ रणनीति बनाउँदै



काठमाडौं । पार्टी एकीकरण गरेर झण्डै ३ वर्ष एकीकृत रुपमा काम कारवाही गरिरहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई सर्वोच्च अदालतले ३ वर्ष पछाडि धकेल्दै एककीकरण अगाडिको अवस्थामा पुयाईदिएको छ ।

अदालतले ऋषि कट्टेल अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टी छोटकरीमा ने.क.पा.लाई मान्यता दिंदै प्रचण्ड र केपी ओलीले गर्दै आएको दाबी खारेज गरिदिएपछि ओली र प्रचण्डको अवस्था ३ वर्ष पछाडि धकेलिएको हो ।

विगत ३ वर्षदेखि निर्वाचन आयोगमा विधिवत दर्ता भएर संचालनमा रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अदालतले खारेज गर्दै ऋषि कट्टेलको स्वामित्वमा पु-याईदिएपछि नेपाली राजनीतिमा थप अन्यौलता सिर्जना भएको छ ।

सर्वोच्चकै फैसलाबाट पुनर्स्थापना भएको संसदको बैठक बहिस्कार गरेर बाहिरिएका प्रचण्ड-नेपाल पक्षका अध्यक्ष माधव नेपालले सरकारको आयु सकिएको भन्दै अव माओवादी केन्द्रले मात्र समर्थन फिर्ता गरेपनि सरकार ढल्ने प्रतिक्रिया दिएका छन् ।

दुई दल एकीकरण भएपछि बनेको नयाँ दलको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दर्ता गर्ने निर्वाचन आयोगको निर्णय विरुद्ध कट्टेलले दिएको रिटमा न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको पक्षमा फैसला गरेको हो ।

फैसलामा नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.) दर्ता गर्ने आयोगको २३ जेठ २०७५ को निर्णय सदर गर्ने तथा ९ कात्तिक २०७५ को नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दर्ता गर्ने निर्णय बदर गर्दै सर्वोच्चले साबिकमा निर्वाचन आयोगमा राजनीतिक दलका रुपमा दर्ता रहेका नेपाल कम्युनिस्ट पार्टी एमाले र नेकपा माओवादी केन्द्र अलग अलग राजनीतिक दलका रुपमा साविककै अवस्थामा कायम रहने बताएको छ ।

सवोच्चको फैसला पछि प्रचण्ड र ओली पक्षले छुट्टाछुट्टै बैठक बसेर आगामी रणनीति बनाउन थालेका छन् । ओलीले बालुवाटारमा आफुपक्षिय सांसदहरुको बैठक डाकेका छन् भने प्रचण्ड र माधव नेपाल कानुनी परामर्शमा लागेका छन् ।

 

 

 

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आइतबार  ६ : ५४ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम