३ पुस २०८२, बिहिबार | December 19, 2025

युक्रेनमा रुसी आक्रमणः १३७ युक्रेनी नागरिकको मृत्यु



काठमाडौं । रुसी सेनाको आक्रमणबाट युक्रेनमा १ सय ३७ जनाको मृत्यु भएको छ । युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्सकीले रुसले प्रहार गरेको बम, मिसाइल लगायत विष्फोट पदार्थको आक्रमणमा परेका युक्रेनका १ सय ३७ जनाको मृत्यु भएको हो ।

आक्रमणमा परेर ज्यान गुमाउनेमा सैनिक धेरै छन् । केही सर्वसाधारणको पनि मृत्यु भएको बिबिसीले जनाएको छ । रुसले बिहीबार बिहानदेखि आक्रमण तीव्र पारेको छ । युक्रेनले आफ्नो देशको रक्षा गर्ने बताएपछि प्रतिवादमा आक्रमण बुन्न सकेको छैन ।

तर रुसले एकपछि अर्को गरि आक्रमण गरिरहेको छ । रुसको आक्रमणपछि मानिसहरु भागेर छिमेकी देशतर्फ जान हजारौँ लाइन लागेका छन् । राजधानी किभबाट आफ्नो गाडी र कतिपय पैदल हिडेर मानिसहरु देश छाड्न लागिरहेका छन् ।

तर युद्धका कारण मानवअधिकारकर्मी विष्फोट भएका ठाउँमा पुग्न नसकेका कारण मृत्यु भएकाको स्वतन्त्र पुष्टि हुने एकिन संख्या आउन सकेको छैन । साथै युक्रेनी सीमा रक्षक सेवा डीपीएसएले १८ वर्षदेखि ६० वर्ष उमेर समूहका पुरुषलाई सीमाबाट देशबाहिर जान रोक लगाएको छ ।

युक्रेनलाई आक्रमण गरेपछि विश्व शक्ति राष्ट्रले रुसमाथि एकपछि अर्को गरि प्रतिबन्ध लगाएका छन् तर रुसले आक्रमण रोकेको छैन । जसकारण युक्रेनमा अझै ठूलो क्षति हुन सक्ने आकलन गरिएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  ७ : ४८ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको