१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

स्थानीय तह निर्वाचन : २९ दल दर्ता



काठमाडौं । स्थानीय तह निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा हालसम्म २९ वटा दल दर्ता भएको छ ।

आयोगको बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले थप १९ वटा राजनीतिक दलले आयोगमा निवेदन दिएको जानकारी दिएका हुन् ।

यसअघि दशवटा राजनीतिक दलले निवेदन दिएका थिए । यसरी निर्वाचनमा भाग लिनका लागि दर्ता हुन निवेदन दिने दलहरुको सङ्ख्या २९ पुगेको हो ।

स्थानीय तह निर्वाचनमा सहभागी हुन बहुजन एमता पार्टी नेपाल, वैज्ञानिक समाजवादी पार्टी, नेपाल सद्भावना पार्टी, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), तामाङसालिङ लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीसहित १९ राजनीतिक दलहरुले आयोगमा निवेदन दिएका हुन् ।

आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि फागुन ५ सूचना निकालेर फागुन १६ गनेभित्र दर्ता गरिसक्न आह्वान गरेको थियो ।

त्यस्तै, आयोगले स्थानीय निर्वाचन सञ्चालन र व्यवस्थापनका लागि अर्थ मन्त्रालयसँग आठ अर्ब ९५ करोड २९ लाख चार हजार रुपैयाँ बजेट माग गर्ने निर्णय गरेको पनि सहायक प्रवक्ता अर्यालले जानकारी दिए । स्थानीय तह निर्वाचनका लागि आचारसंहितालाई अन्तिम चरणमा पुगेको उनले बताए ।

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  ८ : ४३ बजे

वीरगन्जमा सद्भाव र्‍याली

वीरगन्ज । सामाजिक सद्भाव कायम गर्न वीरगन्जमा सर्वदलीय, सर्वपक्षीय सद्भाव

सामाजिक एकता र सद्भाव कायम राख्न राष्ट्रियसभा अध्यक्ष दाहालको आग्रह

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सुनसरीको देवानगञ्ज गाउँपालिकालगायत पूर्वी

रास्वपा सांसदलाई प्रधानमन्त्रीले भने – राज्य संयन्त्र परिचालित छन्, कोही विचलित हुनुपर्दैन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीलगायत जिल्लामा उत्पन्न संवेदनशील अवस्थालाई

साताको अन्तिम दिन दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक 

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज

धार्मिक सहिष्णुता र राष्ट्रिय एकताका पक्षमा उभिन धार्मिक समुदायका अगुवाको अपिल

काठमाडौं । विभिन्न धार्मिक समुदायका अगुवाहरूले शान्ति, सद्भाव, धार्मिक सहिष्णुता,