१५ बैशाख २०८३, मंगलबार | April 29, 2026

एमसीसीमा सैद्धान्तिक छलफल : ध्वनि मत कि मत विभाजनका आधारमा ?



काठमाडौं । प्रतिनिधिसभा बैठकमा आजवाट सुरु हुने भनिएको अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को सैद्धान्तिक छलफल कुन प्रक्रियामार्फत टुंग्याउने हो ? त्यसको छिनोफानो हुने भएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले ध्वनीमतको प्रक्रियामामार्फत सैद्धान्तिक छलफल चलाउँछन कि मत बिभाजनमार्फत गर्छन भन्ने बिषयका छिनोफानो आज अपरान्ह बस्ने संसद बैठकले छिनोफानो गर्न लागेको हो ।

सभामुख सापकोटाले माओवादी केन्द्रका मत बिभाजनको प्रक्रियामार्फत सैद्धान्तिक छलफलमा लैजान खोजेको आशंकमा सरकारले बिहिवारको संसद स्थगित गराएपछि सो बिषयलाइ महत्वका साथ हेरिएको छ । मत बिभाजनमा प्रक्रियामा लगेर सभामुखले एमसीसीलाई सैद्धान्तिक बहस अघि नै असफल बनाउन लागेको आशंका गरेपछि सरकारले अचानक आग्रह गरेर बिहिवारको बैठक स्थगित गराउनु परेको सार्वजनिक भएको थियो ।

सो योजनाको बारेमा गृहमन्त्री बालकृष्ण खाँडले सभामुख सापकोटालाई भेटेर आपत्ति मात्रै जनाएनन, सभामुख सापकोटाले आफनो पदीय भुमिका भुल्न नहुनेसम्मको टिप्पणी गरेका छन् । जसकाकारण, एमसीसीमा बिबादमा पर्दै आएका सभामुख सापकोटा बिहिवारदेखी थप बिबाद र आशंकाको घेरामा थप पर्न गएका छन । माओवादी केन्द्रका २८ जना सांसद उभिएर मत बिभाजनको माग गर्ने र सभामुखले नियमतः सो अनुमति दिने योजनाको चाल पाए पछि सरकारले संसद बैठक स्थगित गर्नुपरेको वालुवाटार स्रोतले जनाउँदै आएको छ ।

सो योजना सार्वजनिक भए पछि सरकारका प्रवक्तासमेत रहेका सुचना तथा सञ्चार प्रबिद्यि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने सैद्धान्तिक छलफल गराउनका लागि मत बिभाजन गर्ने प्रचलन नेपालमा नभएको टिप्पणी गरेका छन । ‘२०४७ साल देखी हामी संसदीय व्यवस्थाको अभ्यास गरिरहेका छौं, आजसम्म सैद्धान्तिक छलफल चलाउनका लागि मत बिभाजन गरिएको उदाहरण छैन, मलाई लाग्छ सभामुखले यो काम गर्नु हुन्न,’ कार्कीले वालुवाटारमा बिहिवार साँझ टिप्पणी गरेका थिए, ‘यदी सैद्धान्तिक छलफलमा नै मत बिभाजन गर्न थालियो भने कुनै पनि सरकारले काम गर्न सक्दैन, संसद नै अप्ठयारो अवस्थावाट सद्यैभरी गुज्रन्छ, यो काम गर्नु हुन्न् ।’ सभामुख सापकोटाले एमसीसीको सैद्धान्तिक छलफलमा मत बिभाजनमार्फत प्रक्रिया अघि नबढाउनेमा सरकार विश्वस्त रहेको प्रवक्ता कार्कीको भनाई छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  १० : २३ बजे

नुवाकोटबाट बुटवल झर्दे गरेको स्कुटर दुर्घटना, २ जना किशोरीको मृत्यु

बुटवल । पाल्पाको नुवाकोटबाट बुटवल आउँदै गरेको स्कुटर दुर्घटना हुँदा

सरकारको ‘विभेदकारी विज्ञापन नीति’ अवज्ञा गर्न स्थानीय तहलाई आह्वान

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँकेले संघीय सरकारको ‘विभेदकारी विज्ञापन

सम्पत्ति छानबिन आयोगविरुद्ध रिट

काठमाडौँ । सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगविरुद्ध सर्वोच्च अदालतमा

अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने

काठमाडौँ । जिल्ला प्रशासन कार्यालयले अब काठमाडौँमा पनि हुलाकमार्फत राहदानी

बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले बुधबार साँझदेखि देशका