२० मंसिर २०८२, शनिबार | December 6, 2025

आईएमई पे स्क्यान गरी किराना खरिद गर्दा १० प्रतिशत छुट



आईएमई पेले विभिन्न डिपार्टमेन्टल स्टोरहरुमा किराना खरिद गर्दा आफ्नो प्रयोगकर्ताहरुको लागि १० प्रतिशत छुट पाउने अफर सार्वजनिक गरेको छ।

आम उपभोक्ता डिजिटल पद्धतिमा अभ्यस्त बन्दै गरेको अवस्थामा नेपालमा समेत सबैजसो पसल अथवा व्यापारले अनलाइन भुक्तानी सेवा प्रयोग गर्दै आएको सन्दर्भलाई ख्याल गर्दै यो अफर सार्वजनिक गरिएको आईएमई पेले जनाएको छ ।

स्टोरहरुमा विभिन्न क्युआर प्रणाली भएको कारण उपभोक्ताहरूलाई सहज भुक्तानीका लागि आईएमई पेले ‘स्क्यान एनी क्युआर’ अभियानमार्फत नेपाली बजारमा रहेको सम्पूर्ण क्युआर स्क्यान गरी कुनै पनि भुक्तान सफल गर्न मिल्ने सुविधा ल्याएको छ।

यसै अभियानअन्तर्गत प्रयोगकर्ताले केवल आईएमई पे मोबाइल वालेट एपबाट नेपालको प्रमुख डिपार्टमेन्टल स्टोरहरुमा सजिलै क्युआर स्क्यान गरी भुक्तानी गर्न मिल्नेछ।

यसकासाथै प्रयोगकर्ताहरुले सो अफर केवल एकपल्ट मात्र प्रयोग गर्न पाउनेछन्। छुट पाउने डिपार्टमेन्टल स्टोरहरुमा भाटभटेनी सुपरमार्केट, बिगमार्ट सुपरमार्केट, केके सुपरमार्ट, सेल्स्बेरी डिपार्टमेन्ट, डेली ग्रोसेरी र माइ–मार्ट छन्।

सोही क्याम्पियनमा आईएमई पे मोबाईल वालेटमार्फत मात्रै १० प्रतिशत छुट ९सय रुपैयाँसम्म मात्र० पाउनेछ र स्क्यान गरी अथवा डाइरेक्ट भुक्तान गर्दा १ वालेट आईडीले १ डिपार्टमेन्टल स्टोर र १ समयको लागि मात्र १० प्रतिशत छुट पाउनेछ।

यो अफर सीमित अवधिको लागि मात्र लागू हुनेछ।

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  ११ : ५० बजे

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल

जनकपुरबाट प्रचण्डले भने – “मधेशी जनताप्रतिको मेरो विश्वास अटल छ”

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मधेशी जनताप्रति

धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी ठोक्किए

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेसी–६ चालिसेमा सात वटा सवारी

अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छ : सभामुख घिमिरे

सुरुङ्गा । सभामुख देवराज घिमिरेले निर्वाचनको विषयलाई लिएर दलहरूबीच अविश्वास

रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी

काठमा । नेपाल प्रिमियर लिग ९एनपिएल०को आजको खेलमा पोखरा एभेन्जर्सले