४ पुस २०८२, शुक्रबार | December 19, 2025

निर्वाचनमा केन्द्रित हुन नेता कार्यकर्तालाई अध्यक्ष ओलीको निर्देशन



पोखरा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सङ्गठन बिस्तारमा जुट्न र आसन्न निर्वाचनमा केन्द्रित हुन पार्टी कार्यकर्तालाई निर्देशन दिएका छन् ।

पोखरामा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले पार्टीको स्पष्ट विचार, कार्यशैलीप्रति प्रभावित बनेर अन्य विभिन्न पार्टीमा लागेका कार्यकर्ता आफ्नो पार्टीमा आकर्षित भएको दाबी गरे ।

एमालेप्रति विश्वास गर्न आग्रह गर्दै अध्यक्ष ओलीले जनताको बहुदलीय समाजवादलाई अहिलेको परिस्थिति अनुकूल सिर्जनात्मक ढङ्गले कार्यान्वयन गरिनेविश्वास दिलाए । पार्टीभित्र हरेक तहको कार्याकर्ता नेता भएको बताउँदै उनले प्रत्येकले आफू हाकिम नभई जनताको सेवक हो भन्ने भावनाका साथ खटिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा पार्टी सचिव एवम् गण्डकी प्रदेश इन्चार्ज पद्मा अर्यालले एमालेप्रति आस्था एवम् विश्वास बढ्दै गएको दाबी गरे । आसन्न निर्वाचनका लागि सक्रिय हुन उनले आग्रह गरे ।

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  ६ : ५७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको