९ फाल्गुन २०८२, शनिबार | February 21, 2026

बालकोट बैठक सकियो, कांग्रेस एमाले पुरानै अडानमा



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसहितको दुई दलका शीर्ष नेताहरुको बैठक सकिएको छ ।

शुक्रबार राति बालकोटस्थित ओली निवासमा भएको भेटवार्तामा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी सबैको सहमतिमा प्रतिनिधि सभाबाट अनुमोदन गरौं भन्ने प्रस्ताव राखेका थिए ।

बैठकमा सहभागी भएर निस्कने क्रममा सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधि सभा सुचारु गर्न प्रधानमन्त्रीले अस्ति र हिजो पनि भेट गरेको र त्यसैको निरन्तरताको बैठक भएको बताए ।

‘प्रधानमन्त्रीले एमसीसीलाई सबैको सहमतिमा प्रतिनिधि सभाबाट अनुमोदन गरौं भन्ने प्रस्ताव गर्नुभएको छ। प्रमुख प्रतिपक्ष दलको नेता केपी शर्मा ओलीले पुरानै कुरा गर्नुभएको छ,’ बैठकबारे जानकारी दिँदै उनले भने, ‘हामीलाई संसदमा प्रवेश गर्ने वातावरण बनाउनुस्। त्यसपछि हामी निर्णय गर्छौं भनेर ओलीले भन्नु भयो।’

ओलीले लोकतन्त्रका लागि संघर्ष गरेका दुई पार्टी लोकतान्त्रिक मूल्यमान्यताकालागि हामी एक ठाउँमा उभिनु पर्ने बताएको कार्कीले बताए । ‘धेरै संघर्ष गरेर लोकतन्त्रको स्थापना गरेका छौं। लोकतन्त्रको यात्रामा हामी सहयात्री हौं, त्यसैले लोकतान्त्रिक मूल्यमान्यताका लागि हामी एक ठाउँमा उभिनुपर्छ ।’

ओलीले संसद प्रवेशको बाटो आफूहरुलाई नखुलेको भन्दै खुलाउन आग्रह गरेका थिए । कार्कीले संसद प्रवेशको बाटो खोल्नका लागि सबै दलले आआफ्ना अडान भन्दा राष्ट्रिय हितका निम्ति दुई पाइला अगाडि हिँडन् जरुरी रहेको बताए ।

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  ९ : ४४ बजे

नेकपाले दमन र तोडफोडका प्रवृत्तिविरुद्ध लड्दै मुलुकलाई समृद्धितर्फ लैजान्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन

यो निर्वाचनले मात्र देशलाई निकास दिदैन : अध्यक्ष लिङ्देन

बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान अवस्थामा

‘अहिले चलेको हावाको लामो आयु छैन, गगन थापासंग अरु कसैको तुलना हुन सक्दैन’ : प्रवक्ता देवराज चालिसे

बुटवल । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले कांग्रेसले मात्रै देशको

एमालेको बहुमत सरकारबिना देशले निकास नपाउने : छविलाल विश्वकर्मा

देवदह । नेकपा एमालेका केन्द्रीय सचिव छविलाल विश्वकर्माले वर्तमान राष्ट्रिय