१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

एमालेसँग वार्ता गर्न कांग्रेस नेताहरू बालकोटमा



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग वार्ता गर्नका लागि सत्तारूढ नेपाली कांग्रेसका नेताहरू बालकोट पुगेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको वार्ता अघि दोस्रो तहका नेताहरूबीच छलफल हुँदैछ ।

सरकारले संसदमा पेस गरेको अमेरिकी सहयोग परियोजना एमसिसीलाई पारित गर्ने र संसद सुचारु गर्ने विषयमा प्रधानमन्त्री देउवा र ओलीबीच यसअघि लगातार दुई दिनसम्म भेटवार्ता गरेका थिए ।

प्रधानमन्त्री देउवाले एमसिसी पारित गर्नका लागि सहयोग गर्न ओलीलाई आग्रह गरेका थिए भने ओलीले आफ्नो पुरानो अडान दोहोर्‍याउँदै आएका छन् ।

एमालेले पार्टीले कारबाही गरेका १४ सांसदको सूची सभामुखले नटाँसेर पार्टी फुटाउन सहयोग गरेको भन्दै संसदमा विरोध गर्दै आएको छ । एमालेको विरोधकै बीच गत आइतबार एमसिसी सम्झौता संसदमा पेस भएको छ । यसबीचमा सरकारको आग्रहमा संसद बैठकहरू स्थगित हुँदै आएका छन् ।

सत्ता गठबन्धनका दलहरूले विपक्षमा मतदान गर्ने निर्णय गरेपछि दबाबमा रहेका प्रधानमन्त्री देउवाले एमसिसी पारित गर्ने वातावरण बनाउन ओलीसँग आग्रह गर्दै आएका छन् ।

देउवा र ओलीको आजको बैठकले यस विषयमा निर्णय लिन सक्ने आंकलन गरिएको छ । दुवै नेताबीचको वार्ताअघि अघि दोस्रो तहका नेताहरू वार्तामा जुटेका छन् ।

वार्ताका लागि कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलगायतका नेता बालकोट पुगेका छन् । एमाले उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाललगायत नेता पनि वार्तामा सहभागी हुँदैछन् ।

प्रकाशित मिति : १४ फाल्गुन २०७८, शनिबार  ५ : १६ बजे

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका

वर्ल्ड लिंकको इन्टरनेट ९ लाख घरधुरीमा पुग्यो

बुटवल । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक