७ आश्विन २०८३, बुधबार | September 23, 2026

स्याउ किसानको बगैँचामै पुगेर व्यवस्थापनसम्बन्धी सिप प्रदान



जुम्ला । जुम्लाका स्याउ किसान यति बेला बगैँचा व्यवस्थापानमा व्यस्त छन् । यही अवसरलाई सदुपयोग गर्दै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना इकाई कार्यालय स्याउ सुपरजोन कार्यालय जुम्लाले स्याउ किसानको लागि बगैँचामा तालिम दिएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई कार्यालय स्याउ सुपरजोन जुम्लाले यसपटक किसानको बगैँचामै गएर तालिम दिएको हो ।

कार्यालयले चन्दननाथ, तातोपानी, गुठिचौर र पातारासीका १० स्थानका किसानलाई तालिम दिएको सुपरजोन कार्यालय जुम्लाका कार्यालय प्रमुख गंगा पोख्रेलले बताइन । तालिममा रोगकिरा व्यवस्थापना, बगैँचा व्यवस्थापन तथा काँटछाँट व्यवहारिक तालिम दिएको छ । उनले भनिन, ‘एक ठाउँमा २५ जनाका दरले तीन सय ७५ जनालाई बगैँचा व्यवस्थापनसम्बन्धी सिप सिकाएका छौं ।’

प्रशिक्षक रामबहादुर खत्रीका अनुसार स्याउ लगाएपछि किसानले बिरुवाको हेरचाह र व्यवस्थापनमा ध्यान नदिएपछि गुणस्तरीय स्याउ फल्दैन थिए । किसानले ध्यान दिएर व्यवस्थापन गरे राम्रो फल लाग्ने र बजार मूल्य पनि बढी हुने बताए ।

 

प्रकाशित मिति : १४ फाल्गुन २०७८, शनिबार  ४ : ०० बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज